२०८२ बैशाख १४ आईतवार
२०८२ बैशाख १४ आईतवार

जनमतका निलम्बित कोषाध्यक्षलाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले जनमत पार्टीका निलम्बित कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई पक्राउ गर्नुको कारण पेश गर्न प्रहरीका नाममा आदेश जारी गरेको छ।

न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासले यादवलाई पक्राउ गर्नुको कारण पेश गर्न जिल्ला प्रहरी परिसर, ललितपुर र जिल्ला अदालत ललितपुरका नाममा आदेश जारी गरेको हो।

Ncell 2
Ncell 2

आफ्नो पतिलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै यादवकी पत्नी ललिता कुमारीले सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता गरेकी थिइन्।

shivam cement
shivam cement

ललितपुर जिल्ला प्रहरी कार्यालयमा यादवविरुद्ध ठगी तथा आपराधिक विश्वासघातको कसुरमा जाहेरी दर्ता छ। ललितपुर जिल्ला अदालतबाट केहीदिन अघि यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।

उनलाई पक्राउ गर्नुको कारण एनआएनए (गैर आवासमीय मधेशी संघ) को रकमबाट बनेको काठमाडौं र जनकपुरको जनमतको घर विवाद। घर विवादको कारण यादवविरुद्ध जाहेरी जनमत पार्टीले नै दर्ता गराएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट