२०८२ बैशाख १४ आईतवार
२०८२ बैशाख १४ आईतवार

राष्ट्रिय टोलीका ६ जना क्रिकेटर एकसाथ बने वर्ल्डलिंकका ब्रान्ड एम्बेसडर

काठमाडौँ । नेपालकै सबैभन्दा ठुलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले राष्ट्रिय स्तरका ६ जना चर्चित क्रिकेटरलाई आफ्नो नयाँ ब्रान्ड एम्बेसडरको रूपमा नियुक्त गरेको छ । कम्पनीले हालै १० लाख घर-परिवारमा इन्टरनेट जडान गर्ने उपलब्धि हासिल गरेको अवसरमा यो घोषणा गरेको हो ।

नयाँ ब्रान्ड एम्बेसडरहरूमा रोहितकुमार पौडेल, सोमपाल कामी, दिपेन्द्रसिँह ऐरी, आसिफ शेख, अनिलकुमार साह र ललित राजवंशी रहेका छन् । यी खेलाडीहरूले वर्ल्डलिंकको डिजिटल सशक्तीकरण अभियान र नेपाली राष्ट्रिय गौरवसँग जोडिएको यात्रामासँगै अघि बढ्ने प्रतिबद्धता जनाएको उल्लेख छ ।

शुक्रबार जावलाखेल स्थित वर्ल्डलिंकको प्रधान कार्यालयमा भएको सम्झौतामा वर्ल्डलिंकको तर्फबाट सह-संस्थापक तथा कार्यकारी निर्देशक मनोज अग्रवाल र मुख्य कार्यकारी अधिकृत केशव नेपालले हस्ताक्षर गरेका थिए । एउटै कम्पनीले एक साथ ६ जना ब्रान्ड एम्बेसडर अनुबन्धन गरेको नेपालमा यो नै पहिलो भएको बताइएको छ ।

यसबाट खेलप्रति कम्पनीको समर्पण, राष्ट्रिय गौरव र सामुदायिक विकासमा रहेको प्रतिबद्धता स्पष्ट रूपमा देखाउने वर्ल्डलिंकले उल्लेख गरेको छ । मनोज अग्रवालले ६ जना क्रिकेट खेलाडीको प्रतिबद्धता, धैर्य, टिमवर्क र अदम्य राष्ट्रिय भावनासँग वर्ल्डलिंकको दृष्टिकोण र मूल्य पूर्ण रूपमा मेल खाने बताए । उनले भने, “उहाँहरूले लाखौँ नेपालीहरूको सपना र आकाङ्क्षाको प्रतिनिधित्व गर्नु हुन्छ, र उहाँहरूलाई वर्ल्डलिंक परिवारमा स्वागत गर्न पाउँदा हामी गर्वित छौँ ।”

यो सहकार्यले वर्ल्डलिंकको ब्रान्डलाई थप ऊर्जावान् बनाउने र देशका विभिन्न भागका समुदायहरूसँग रहेको सम्बन्ध अझ गाढा बनाउने विश्वास उनले व्यक्त गरे । अग्रवालले भने, “हामी सँगै नयाँ पुस्तालाई प्रेरित गर्नेछौँ, नेपालको उपलब्धिहरूलाई मनाउने छौँ र डिजिटल युगमा अझ मजबुत र समृद्ध राष्ट्र निर्माणतर्फ अघि बढ्नेछौँ ।”

सीईओ नेपालले यो सहकार्य केवल ब्रान्ड प्रवर्धन मात्र नभएर नेपाली जनताको भावना र गौरवसँग जोडिएको कम्पनीको आत्मीय प्रतिबद्धता समेत भएको बताए । 

 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १६:४४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट