२०८२ बैशाख १४ आईतवार
२०८२ बैशाख १४ आईतवार

अर्को सातादेखि सधैँका लागि बन्द हुँदैछ स्काइप

काठमाडौँ । सन् २०१० को दशकको शुरुवातमा लामो दूरीको सम्बन्धका लागि महत्त्वपूर्ण माध्यम बनेको स्काइप अब सदाका लागि बन्द हुने भएको छ । माइक्रोसफ्टले घोषणा गरे अनुसार अबको एक सातापछि अर्थात् ५ मे स्काइपका लागि अन्तिम दिन हुनेछ र सधैँका लागि बन्द हुनेछ । यसको सम्पूर्ण डेटा माइक्रोसफ्ट टिम्सको निःशुल्क भर्सनमा समाहित गरिनेछ ।

सन् २०११ मा माइक्रोसफ्टले ८.५ अर्ब डलरमा खरिद गरेको यो प्लेटफर्म त्यसपछि भने ओझेलमा परेको थियो । सन् २०१४ सम्म आइपुग्दा फेसटाइम जस्ता एकीकृत एपहरूको विकाससँगै स्काइप लगभग असान्दर्भिक बन्दै गयो । २०१५ देखि धेरै प्रयोगकर्ताहरूले स्काइप प्रयोग गर्न छाडे ।

स्काइपमा लग इन गर्दा अहिले स्पाम क्रिप्टो च्याट र फिशिङ लिङ्कहरू मात्र बाँकी छन् ।स्काइप बन्द हुने खबरले यस प्लेटफर्मसँग जोडिएका कतिपयले आफ्ना भावनात्मक यादहरू शेयर गरिरहेका छन् । स्काइप त्यतिबेला टाढा रहेका साथीभाइ र नयाँ मानिसहरूसँग जोडिने माध्यम थियो । कलेजका साथीहरूका किस्सा सुन्न होस् वा प्रेम सम्बन्धलाई जीवन्त राख्न, स्काइपले महत्त्वपूर्ण भूमिका खेलेको थियो ।

यो प्लेटफर्मले भावनाहरूलाई गाँसेको र वास्तविक जीवनलाई फरक तरिकाले प्रस्तुत गरेको थियो । स्मरण रहोस्, हालै प्रदर्शन भएको फिल्म ‘पास्ट लाइभ्स’ मा पनि स्काइप मार्फत हुने लामो दूरीको सम्बन्धलाई चित्रण गरिएको थियो र फिल्ममा बज्ने स्काइपको विशेष धुनले धेरैलाई पुरानो समयको याद दिलाएको थियो ।

अहिले भने लामो दूरीको सम्बन्धलाई कायम राख्नका लागि फेसबुक, इन्स्टाग्राम, ह्वाट्सएप, फेसटाइम जस्ता अनेकौँ विकल्पहरू उपलब्ध छन्, जहाँ एकै ठाउँबाट च्याट गर्न, भिडिओ कल गर्न र अन्य गतिविधिहरू हेर्न सकिन्छ । भिडिओको गुणस्तरमा पनि धेरै सुधार आएको छ । तर स्काइपसँग जोडिएका भावनाहरू र त्यो समयको प्रविधि प्रयोग गर्दाको अनुभव भने कतिपयका लागि विशेष रहनेछ । अबको एक साता स्काइपका लागि अन्तिम हुनेछ र छिट्टै डिजिटल इतिहासको एक भाग बन्नेछ ।

 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १५:१२





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट