२०८२ बैशाख १४ आईतवार
२०८२ बैशाख १४ आईतवार

‘छिट्टै सरकार ढल्ने प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार’

काठमाडाैं। नेकपा एमालेका सांसद पदम गिरीले सरकार छिट्टै ढल्ने प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका छन्।

आइतबार प्रतिनिधिसभामा बोल्दै गिरीले मुलुकमा स्थीरता कायम गर्न ठूला दल मिलेर सरकार बनेको भन्दै सरकार छिट्टै ढल्दैछ भनेर जनतामा भ्रम छर्नेगरि प्रचण्डले दिएको अभिव्यक्ति गैरजिम्मेवार रहेको बताएका हुन्। राजनीतिक स्थिरताको वातावरण बिथोलिने र जनतामा चिन्ता हुने गरि कसैले पनि गैरजिम्मेवार भएर अभिव्यक्ति दिनु उचित नभएको उनले बताए।

उनले सात बुँदे सहमतिको जगमा वर्तमान सरकार गठन भएकाले मुलुकको बिकास र समृद्धिका लागि निरन्तर अघि बढ्ने जिकिर गरे। त्यस्तै गिरीले राजनीतिक स्वार्थको रोटी सेक्नका लागि शिक्षकहरुलाई उत्तेजित बनाउन खोजिएको आरोप समेत लगाए।

उनले यसअघि आफै सरकारमा बसेर शिक्षकहरुसंग गरेको सहमति कार्यान्वयन नगर्ने तर अहिले वर्तमान सरकारका कारण शिक्षकहरु आन्दोलनमा आउनुपरेको भन्ने तर्क गलत भएको जनाए।


सामाग्री श्रोत :

‘छिट्टै सरकार ढल्ने प्रचण्डको अभिव्यक्ति गैरजिम्मेवार’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट