काठमाडौं- चिकित्सकीय अभ्याससँगै गीत संगीतमा पनि सक्रिय रहेका त्रिवि शिक्षण अस्पतालका ग्यास्ट्रो तथा कलेजो प्रत्यारोपण सर्जन प्राडा रमेशसिंह भण्डारीको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।
डाक्टर भण्डारीले युट्युब च्यानल मार्फत नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका हुन्। सार्वजनिक भएको नयाँ म्युजिक भिडियोको बोल ‘जीवन यो रहेसम्म…’ रहेको छ।
डा भण्डारीको स्वरमा रहेको गीतको रचना र कम्पोजिसन पनि डा भण्डारीले नै गरेका हुन्।
गीतको मिक्सिङ प्रदीप जोशीले गरेका हुन्।
सिलन लम्सालको सम्पादन रहेको म्युजिक भिडियोमा निमा लामाको मेकअप रहेको छ।
म्युजिक भिडियोको निर्देशन अनिल के मानन्धरले गरेका हुन्।
सामाग्री श्रोत :
swasthyakhabar

