२०८२ बैशाख १४ आईतवार
२०८२ बैशाख १४ आईतवार

मातातीर्थ औँसीमा सीजी नेटको अफर, वार्षिक शुल्कमा ३००० सम्म छुट

काठमाडौँ । मातातीर्थ ‌औँसी (आमाको मुख हेर्ने दिन) को अवसरमा सीजी नेटले आफ्ना ग्राहकहरूका लागि छुट अफर ल्याएको छ ।

‘ममताको कनेक्सन’ नारा दिइएको यस अफर अन्तर्गत ग्राहकले १५० एमबीपीएस र २५० एमबीपीएस गतिको इन्टरनेट प्याकेजको नयाँ जडान वा नवीकरण गर्दा वार्षिक शुल्कमा २५ सय रुपैयाँ छुट पाउन सक्नेछन् । त्यस्तै ३५० एमबीपीएस इन्टरनेटको नयाँ जडान वा नवीकरण गर्दा वार्षिक शुल्कमा तीन हजार रुपैयाँ छुट पाउन सकिने बताइएको छ । 

यसका लागि ग्राहकले इन्टरनेट जडान गरिसकेपछि अथवा इन्टरनेट नवीकरण गरिसकेपछि आफ्नी आमासँगको तस्विर सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्राम वा टिकटकमा सीजीनेटलाई ट्याग गरेर राख्नुपर्ने हुन्छ । यसरी सामाजिक सञ्जालमा पोस्ट नराखेका ग्राहकको हकमा भने यो अफर लागु हुने छैन । 

आजदेखि सुरु भएको यो अफर १८ वैशाखसम्म लागु हुनेछ ।    

सीजी नेटको १५० एमबीपीएसको वार्षिक शुल्क नौ हजार सात सय ३४ रुपैयाँ, २५० एमबीपीएको १० हजार छ सय १९ रुपैयाँ र ३५० एमबीपीएसको वार्षिक शुल्क ११ हजार पाँच सय चार रुपैयाँ रहेको छ । 

पछिल्लो अध्यावधिक: बैशाख १४, २०८२ १४:३९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट