२०८२ बैशाख १३ शनिबार
२०८२ बैशाख १३ शनिबार

बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप युक्त पालिका घोषणा

बझाङ- बझाङको जयपृथ्वी नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ।  सुदूरपश्चिमका ८८ पालिकामध्ये जयपृथ्वी नगरपालिका पहिलो पालिका घोषित भएको हो।

नगरपालिका अन्तर्गतका ११ वटै वडाका बालबालिकाहरुले १५ महिनाको उमेर भित्र पाउनुपर्ने सम्पुर्ण खोपहरु प्राप्त गरेको सुनिश्चित गरि पूर्ण खोप पालिका सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
पूर्णखोप कार्यक्रमको सुनिश्चितताको निरन्तरता र दिगोपनाका लागि प्रतिवद्धता सहित जनप्रतिनिधि सबैले लाग्नुपर्ने पालिका खोप समन्वय समितिका अध्यक्ष एवं नगर प्रमुख चेतराज बजालले बताए।

पूर्ण खोप सुरक्षित भविष्य तथा स्थानीय स्रोतको उपयोग स्वामित्व र सहभागिता पूर्ण खोप सुनिश्तिता हाम्रो प्रतिबद्धता भन्य मुल मर्म अनुसार फागुन महिनादेखी  क्रमश टोल बस्तिहरुमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीहरुले घरधुरी सर्वेक्षण गरि खोज र खोप अभियान गरि सर्वेक्षणबाट खोप लगाउन छुटेका बालबालिकाहरुलाई खोप लगाई सकेपछि पुर्ण खोप पालिका घोषणा गरिएको नगरपालिकाका स्वास्थ्य साखाका सह संयोजक जनकबहादुर सिंहले बताए।

राष्ट्रिय खोप कार्यक्रमलाई सुदृढिकरण गर्न, दिगो विकास लक्ष्य हासिल गर्न, अन्तराष्ट्रिय प्रतिवद्धता पूरा गर्न, देशलाई समृद्धि गर्न, खोपबाट बचाउन सकिने रोगहरुलाई नियन्त्रण, निवारण तथा उन्मूलन गर्नमा पूर्ण खोप कार्यक्रमको महत्वपूर्ण भूमिका रहेको छ। नेपाल सरकारले पनि खोप कार्यक्रमलाई पहिलो प्राथमिकता राखेर खोपमा ठूलो लगानि गर्दै आईरहेको छ र पालिकाबाट पनि यस कार्यक्रमलाई निरन्तर उच्च प्राथमिकतामा राखि कार्यक्रम गरिने पुर्ण खोप सुनिश्चीतता दिघोपनाका लागि सबै वडा स्तर बाट सबै वडा खोप समन्वय समितिले बिशेष रुपमा निरन्तर लाग्नुपर्ने र आफु पनि कटिबद्द भएर लागिपर्ने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिद्धराज पण्डितले बताए।

राष्ट्रिय खोप कार्यक्रममा पुर्णखोप कार्यक्रमलाई नगरपालिकाले यस बर्ष पनि पूर्णखोप निर्देशिका बमोजिम सबै प्रकियाहरु पुरा गर्दै नगरपालिका भित्रका जन्मेदेखि १५ महिना सम्मका ३४७ जनाले नियमित खोप लगाइ रहेको र १६ महिनादेखि ५९ महिना सम्मका ११७५ जना बालबालिकाले पूर्ण खोप पाएका छन भने ७ जना खोप लगाउन छुटेका बालबालिका लाई घरधुरि सर्बेक्षण गरि खोजेर खोप दिइएको छ। 

आर्थिक बर्ष २०८१/०८२ मा खोप कार्यक्रममा विभिन्न सुचाङकको आधारमा मुल्यांकन गर्दा सबै भन्दा बढि अंक ल्याउन सफल चैनपुर स्वास्थ्य चौकिका सि अ नमि सुनिता ओली सम्मानित भएकी थिइन्।
यस्तै नगरपालिकाका वडाहरुमा सबै भन्दा पहिले पुर्ण खोप वडा घोषणा गर्ने जयपृथ्वी नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष र स्वास्थ्यकर्मी लगायत १० वटै वडाका वडा अध्यक्ष स्वास्थ्यकर्मी लाई वडा घोषणा प्रमाण पत्र प्रदान गरिएको थियो ।


पूर्ण खोप सुनिश्चित पालिका घोषणा कार्यक्रममा वडा खोप समन्वय समितिका अध्यक्ष एव वडा अध्यक्षहरु कार्यपालिकाका सदस्यहरु विभिन्न शाखाका प्रमुख,जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख लाल बहादुर धामी ,स्वास्थ्यकर्मीहरु महिला स्वास्थ्य स्वयमसेबिका सर्व साधारण कर्मचारी आमा समुहका प्रतिनिधि लगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

पालिका भित्र १५ वटा स्वास्थ्य संस्था १ जिल्ला अस्पताल गरि १६ वटा संस्थाका २१ वटा खोपकेन्द्र बाट नियमित खोप सेवा संचालन भईरहेको सिअहेब नरेन्द्र बहादुर थापाले जानकारी दिए।
 

सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट