२०८२ बैशाख १४ आईतवार
२०८२ बैशाख १४ आईतवार

सरकारसँगको वार्तामा निष्कर्षविहीन भएर बाहिरिएका शिक्षकहरुसँग कांग्रेसका दुई महामन्त्रीको छलफल

काठमाडौं –आन्दोलनरत शिक्षक महासंघका नेताहरूसँग नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन कुमार थापा र विश्वप्रकाश शर्माले छलफल गरेका छन्।

शनिबार सरकारसँग वार्ता गरेर निष्किएपछि महामन्त्रीद्वय थापा र शर्माले महासंघका नेताहरूसँग भेटेर छलफल गरेका हुन्।

आन्दोलनरत शिक्षकहरुको माग सम्बोधन गरेर विद्यालयमा फर्काउने जिम्मा सभापति शेरबहादुर देउवाले यसअघि नै महामन्त्रीद्वयलाई दिएका थिए।यसअघि पनि उनीहरूले एक चरणमा शिक्षक महासंघका नेताहरूसँग छलफल गरेका थिए।

Ncell 2
Ncell 2

शिक्षकहरू गत चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनमा छन्। पटकपटक सरकारसँग वार्ता भए पनि सफल हुन सकेको छैन।

विशेषगरी विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने माग राखेर शिक्षकहरू आन्दोलनमा जुटेका हुन्।

shivam cement
shivam cement

छलफलमा कांग्रेसका महामन्त्रीद्वयसहितसहमहामन्त्री जीवन परियार, शिक्षा विभाग प्रमुख महर, पार्टीबाट विधेयक उपसमितिमा सदस्य रहेको सांसदद्वय डिगबहादुर लिम्बू र महेन्द्र राय यादवलगायत सहभागी थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट