२०८२ बैशाख १३ शनिबार
२०८२ बैशाख १३ शनिबार

गुगलको क्रोम ब्राउजर किन्न याहु तयार !

काठमाडौँ  । सर्च इन्जिनमा गुगलको एकाधिकारविरुद्ध अमेरिकामा चलिरहेको मुद्दाले नयाँ मोड लिएको छ । यदि अदालतले गुगललाई आफ्नो लोकप्रिय वेब ब्राउजर क्रोम बेच्न आदेश दिएमा गुगलको प्रत्यक्ष प्रतिस्पर्धी याहुले किन्न इच्छा देखाएको छ ।

याहुका एक उच्च अधिकारीले बताएअनुसार यदि गुगललाई क्रोम बेच्न बाध्य पारिए आफ्नो कम्पनीले त्यसका लागि बोली लगाउनेछ । ब्लुमबर्गको एक रिपोर्टअनुसार याहु सर्चका महाप्रबन्धक ब्रायन प्रोभोस्टले क्रोमको मूल्य दसौं अर्ब डलर हुनसक्ने अनुमान गरेका छन् ।

अमेरिकी न्याय विभागले गत वर्ष गुगलविरुद्ध एन्टिट्रस्ट मुद्दा जितेपछि गुगललाई क्रोम बेच्न दबाब दिइरहेको छ ।

याहुसँगै ओपनएआई र पर्प्लेक्सिटीले पनि क्रोम खरिद गर्न इच्छा देखाएका छन् । मुद्दाको क्रममा अदालतमा उपस्थित भएका यी कम्पनीका अधिकारीहरूले क्रोममा आफ्नो रुचि व्यक्त गरेका हुन् । सुनुवाइमा अर्को सर्च इन्जिन डकडकगोलाई पनि अदालतले बोलाएको थियो । तर डकडकगोले क्रोम किन्न सक्ने आर्थिक क्षमता नभएको बताएको छ ।

सुनुवाइका क्रममा याहुका महाप्रबन्धक प्रोभोस्टले क्रोम प्राप्त गर्न सफल भएमा कम्पनीको सर्च बजार हिस्सा हालको ३ प्रतिशतबाट दोब्बर हुने उल्लेख गरे । क्रोमको मूल्य अर्बौं डलर भएपनि याहुको मूल कम्पनी अपोलो ग्लोबल म्यानेजमेन्टले कोष जुटाउने उनले दाबी गरे ।

यदि गुगललाई क्रोम बेच्न बाध्य पारिएमा उसले क्रोमको आधार रहेको ओपन-सोर्स क्रोमियम प्लेटफर्म पनि छोड्नुपर्ने बताइएको छ । क्रोमियममा आधारित भएर नै आर्क, माइक्रोसफ्ट एज, मोजिला फायरफक्स, ओपेराजस्ता अन्य ब्राउजरहरू सञ्चालन भइरहेका छन् ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ २३:६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट