२०८२ भाद्र २६ बिहीबार
LATEST NEWS
२०८२ भाद्र २६ बिहीबार

महिला टी-२० विश्वकपको एसिया छनोट खेल्ने नेपाली टोली घोषणा

काठमाडौं– आगामी मे महिनामा थाइल्यान्डमा आयोजना हुने आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटका लागि नेपाली महिला राष्ट्रिय क्रिकेट टोली घोषणा गरिएको छ।

क्यानले घोषणा गरेको २४ सदस्यीय नेपाली टोलीमा इन्दू बर्मा कप्तान रहदा पूजा महतोलाई उपकप्तानको जिम्मेवारी दिइएको छ। यसअघि उपकप्तान बिन्दू रावल थिइन्।

Ncell 2
Ncell 2

एसिया छनोटका शीर्ष दुई टोली विश्व छनोटमा पुग्नेछन्। एसिया छनोटमा नेपालसहित नौ टोलीले भाग  लिँदैछन्। छनोटमा नेपाल समूह ‘सी’ मा छ। यो समूहमा नेपालसहित हङकङ र बहराइन छन्। समूहको शीर्ष टोलीले फाइनल राउन्ड खेल्नेछ। फाइनल राउन्डमा तीन टोलीबीच प्रतिस्पर्धा हुँदा शीर्ष दुई विश्वकप छनोटमा पुग्नेछन्। 

shivam cement
shivam cement

विश्वकप छनोटमा १० टोली भिड्नेछन्। १० मध्ये चार टोली सन् २०२६ मा इंग्ल्यान्डमा हुने आइसिसी महिला टी-२० विश्वकपमा छनोट हुनेछन्।

नेपाली टोली

इन्दू बर्मा (कप्तान), पूजा महतो (उप-कप्तान), रुबिना क्षेत्री, बिन्दु रावल, राजमती ऐरी, मनीषा उपाध्याय, कविता जोशी, रुबी पोद्दार (विकेटकिपर), सबनम राई, रिया शर्मा, सम्झना खड्का, रोमा थापा (विकेटकिपर), ईश्वरी बिस्ट

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट