२०८२ बैशाख १३ शनिबार
२०८२ बैशाख १३ शनिबार

तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ : राजेन्द्र लिङदेन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले चैत १५ गते तीनकुनेमा भएको घटनाको न्यायिक छानबिनका हुनुपर्ने दोहर्‍याएका छन्।

शुक्रबार प्रतिनिधिसभाको चालु अधिवेशनको पहिलो बैठकमा बोल्दै लिङ्देनले उक्त घटनामा एकपक्षीय रुपमा टिकाटिप्पणी हुने गरेको भन्दै न्यायिक छानबिनका हुनुपर्ने दोहर्‍याएका हुन्। उक्त घटनाका क्रममा प्रदर्शनकारीबाटभन्दा पनि सरकारपक्षबाट दमन भएको उनले बताए।

त्यस्तै उनले प्रदर्शनसँग कुनै सम्बन्ध नै नरहेका र बाटो हिँडिरहेका व्यक्तिमाथि गोली प्रहार भएको जिकिर गरे। प्रदर्शनका क्रममा भाटभटेनीमा भएको लुटपाटमा सत्तारुढ दलकै व्यक्तिहरू पक्राउ परेको र ती व्यक्तिलाई कारबाही नगरी छोडिएको आरोपसमेत उनले लगाए।

उनले राजसंस्थाको कुरा गर्नु भनेको प्रजातन्त्रको विरोध गर्नु हो भनेर गलत भाष्य बनाइएको भन्दै आपत्ति जनाए। अहिले राजनीतिक दल र सरकारले लोकतन्त्र विरोधी काम गरिरहेको उनको आरोप छ।


सामाग्री श्रोत :

तीनकुने घटनाको न्यायिक छानबिन हुनुपर्छ : राजेन्द्र लिङदेन

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट