२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

अमेरिकासँग आणविक वार्ताका लागि इरानी विदेशमन्त्री अराघची ओमान प्रस्थान गर्दै

एजेन्सी–इरानी विदेशमन्त्री अब्बास अराघची अमेरिकासँगको आणविक विषयमा वार्ताका लागि शुक्रबार ओमान प्रस्थान गर्ने भएका छन्। 

दुबै पक्षले पहिलो दुई चरणका वार्तामा प्रगति भएको जनाएका छन्।

इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले अराघचीको नेतृत्वमा कूटनीतिक तथा प्राविधिक विज्ञहरूको प्रतिनिधिमण्डल वार्ताका लागि प्रस्थान गर्ने जानकारी दिएका छन्।

शनिबारका लागि तय गरिएको वार्तामा अमेरिकी पक्षको प्रतिनिधित्व राष्ट्रपति डोनाल्ड ट्रम्पका मध्यपूर्व विशेष दूत स्टीभ विटकोफले गर्नेछन्। 

यो बैठक अप्रिल १२ बाट मुस्कट र रोममा भएको दुई चरणको ओमानी मध्यस्थता वार्तापछि हुन लागेको तेस्रो चरण हो। यस चरणमा इरानको आणविक कार्यक्रमसम्बन्धी प्राविधिक विषयमा विज्ञ स्तरमा छलफल हुनेछ। अमेरिकी पक्षबाट विदेश मन्त्रालयको नीति योजनाका प्रमुख माइकल एन्टन प्राविधिक वार्ताको नेतृत्व गर्नेछन्।

Ncell 2
Ncell 2

इरानको तास्नीम समाचार एजेन्सीका अनुसार, इरानी पक्षबाट उप–विदेशमन्त्रीहरू काजेम घरीबाबादी र माजिद ताक्त–रावान्ची प्राविधिक छलफलको नेतृत्व गर्नेछन्।

प्रवक्ता बकाईले शुक्रबार भने, “वार्तामा प्रगति हुनका लागि अर्को पक्षबाट सद्भाव, गम्भीरता र यथार्थपरकता देखिन आवश्यक छ।”

विदेशमन्त्री अराघचीले यसै साताको अन्तर्वार्तामा भनेका छन्, “इरान शनिबार वार्तामा गम्भीर ढङ्गले सहभागी हुनेछ, र यदि अर्को पक्ष पनि गम्भीर ढंगले सहभागी भयो भने प्रगतिको सम्भावना रहन्छ।”

shivam cement
shivam cement

यसअघि मार्च महिनामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता आयातुल्ला अली खामेनेईलाई एक पत्र लेख्दै वार्ताको आग्रह गर्नुका साथै कूटनीतिक प्रयास असफल भए सैन्य विकल्प पनि विचार गरिन सक्ने चेतावनी दिएका थिए।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट