२०८२ बैशाख १२ शुक्रबार
LATEST NEWS
२०८२ बैशाख १२ शुक्रबार

ठूलो सङ्ख्याको डेटालाई एआई मार्फत व्यस्थापन गर्ने डिलाइटिकाको ‘डेटानेचर’

 

काठमाडौं । नेपाली बजारमा ‘डेटानेचर’ नामक नयाँ बिग डेटा प्लेटफर्म सार्वजनिक भएको छ । नेपाल र क्यानडाबाट सञ्चालित नेपाली कम्पनी डिलाइटिकाले हालै मात्र डेटानेचर प्लेटफर्म सार्वजनिक गरेको हो । 

कम्पनीले यो प्लेटफर्म नेपालकै पहिलो एआईद्वारा सञ्चालित ठूलो डेटा व्यवस्थापन (बिग डेटा म्यानेजमेन्ट) गर्ने प्रणाली भएको दाबी गरेको छ । विभिन्न व्यवसायसँग भएको धेरै परिमाणको डेटालाई सही तरिकाले मिलाएर राख्न र त्यसलाई केलाएर आवश्यक निर्णय लिन मद्दत गर्ने उद्देश्य रहेको कम्पनीका सीईओ आशिष पराजुलीले बताए । उनले विदेशबाट सिकेको अनुभवलाई नेपालमा प्रयोग गरेर यहाँको प्रविधिलाई अगाडि बढाउने र विश्वस्तरमा पुर्‍याउने लक्ष्य राखेको बताए । “विश्व बजारबाट हामीले हासिल गरेको जुन अनुभव छ त्यसबाट प्रेरित भइ हामीले यो प्लेटफर्म सञ्चालमा ल्याएका छौ,” सीईओ पराजुलीले भने, “हामी हाम्रो यस प्लेटफर्मलाई अझ सशक्त बनाउँदै अन्तर्राष्ट्रिय स्तरमा लैजान चाहन्छौं । यसले नेपाललाई एआईका लागि उत्कृष्ट केन्द्रका रूपमा स्थापित गर्न सघाउने विश्वास लिएका छौं ।”

पराजुलीका अनुसार डिलाइटिकाको केन्द्रीय कार्यालय क्यानाडामा छ भने अमेरिका र नेपालमा पनि यसका शाखा कार्यालयहरू छन् । यस कम्पनीले डेटा विश्लेषण र एआईको क्षेत्रमा काम गर्दै आएको छ । 

“कुनै पनि प्रकारको एआई प्रविधि चलाउनका लागि सही र राम्रो डेटा हुनुपर्छ,” पराजुलीले भने, “जसरी खराब वस्तुबाट राम्रो कुरा बन्दैन त्यसरी नै डेटा सफा र सही नभएमा एआईले पनि राम्रो नतिजा दिन सक्दैन । त्यसैले डेटालाई राम्ररी व्यवस्थित गर्नु निकै महत्वपूर्ण हुन्छ ।”

यो कम्पनीले यसअघि ग्राहकसम्बन्धी जानकारी दिने एआई ३६० प्लेटफर्म पनि ल्याएको थियो । यो प्लेटफर्म डेटानेचरकै आधारमा निर्मित भएकाले बिग डेटा एनालिटिक्स र एआई-आधारित कस्टमर इन्टेलिजेन्सको सहज एकीकरण सुनिश्चित गर्ने कम्पनीको भनाइ छ । 

यो प्रविधिलाई दूरसञ्चार कम्पनी एनसेलले हालै मात्र सुरु गरेको डेटा सेन्टर र क्लाउड सेवामा प्रयोग गरिने गरी डिलाइटिकाले एनसेलसँग साझेदारी पनि गरेको पराजुलीले जानकारी दिए । सीईओ पराजुलीका अनुसार एनसेलसँगको सहकार्य सुरु मात्र हो र भविष्यमा थप काम गर्ने योजना रहेको छ ।

डिलाइटिकाले आफ्नो डेटानेचर प्लेटफर्मले डेटा व्यवस्थापन र एआई क्षमतालाई एकै ठाउँमा ल्याएर अन्तर्राष्ट्रिय बजारका अन्य प्लेटफर्मसँग प्रतिस्पर्धा गर्न सक्ने दाबी गरेको छ । अहिले व्यवसायसँग धेरै डेटा हुन्छ, जसलाई सही तरिकाले राख्न र चलाउन जरुरी हुन्छ । यदि डेटा सही व्यवस्थापनमा छैन भने जतिसुकै राम्रो एआई मोडलले पनि खासै काम नगर्ने सीईओ पराजुलीले बताए । डेटानेचरले यसैमा सहयोग गर्ने उनको भनाइ छ ।

पछिल्लो अध्यावधिक: बैशाख १२, २०८२ १२:९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट