काठमाडौं । जम्मू कश्मीरको पहलगाममा २२ अप्रिलमा भएको आतंकवादी हमलाको बारेमा अमेरिकी पत्रिका न्यूयोर्क टाइम्सको रिपोर्ट विवादमा परेको छ। आफ्नो रिपोर्टमा पत्रिकाले आक्रमणको लागि जिम्मेवार आतंककारीहरूलाई ‘मिलिटेन्ट’ (लडाकु) र गनम्यान (बन्दुकधारी) भनेर उल्लेख गरेको थियो, जसको लागि अमेरिकी सरकारले कडा आलोचना गरेको छ।
अमेरिकी संसदको विदेश मामिला समितिले न्युयोर्क टाइम्सलाई आतंकवादीको सट्टा लडाकु र बन्दुकधारी जस्ता शब्दहरू प्रयोग गरेर पहलगाम आक्रमणको गम्भीरतालाई कम आँकलन गरेको आरोप लगाएको छ।
समितिले सामाजिक सञ्जाल पोस्टमा पहलगाम घटनालाई वर्णन गर्न पत्रिकाले अनुपयुक्त शब्दहरूको छनोट गरेकोमा आलोचना गरेको छ। समितिले यो रिपोर्ट साझा गरेको छ जसको शीर्षक थियो: ‘कश्मीरमा लडाकुहरूले २४ पर्यटकको हत्या गरे।’ यसमा समितिले प्रतिवेदनमा लेखिएको “मिलिटेन्ट्स” शब्द हटाएर त्यसको ठाउँमा “टेररिस्ट्स” लेख्यो।
Hey, @nytimes we fixed it for you. This was a TERRORIST ATTACK plain and simple.
Whether it’s India or Israel, when it comes to TERRORISM the NYT is removed from reality. pic.twitter.com/7PefEKMtdq
— House Foreign Affairs Committee Majority (@HouseForeignGOP) April 23, 2025
समितिले भन्यो, ‘न्यु योर्क टाइम्स, हामीले तिम्रो हेडलाइन सच्यायौं। यो स्पष्ट रूपमा आतंकवादी आक्रमण थियो। भारतमा होस् वा इजरायलमा, आतंकवादको कुरा आउँदा द न्यू योर्क टाइम्स वास्तविकताबाट धेरै टाढा छ।’
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहलगाम आतंकवादी हमलापछि फोन गरेर समवेदना व्यक्त गरेका थिए। उनले प्रधानमन्त्री मोदीलाई भनेका थिए ‘हामी यो दुःखको घडीमा तपाईंसँगै छौं।’ उपराष्ट्रपति जेडी भान्सले पनि यो कायरतापूर्ण आक्रमणको निन्दा गर्दै आतंकवाद विरुद्धको यो युद्धमा अमेरिका भारतको साथमा रहेको बताए।
मंगलबार पहलगाममा भएको आतंकवादी हमलामा हालसम्म २६ जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन्। यो आक्रमण पहलगामको बैसरन उपत्यकामा गरिएको थियो, जसमा आतंककारीहरूले छनौट गरेर मानिसहरूलाई निशाना बनाएका थिए।
अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।