२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

कश्मीरको पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको डिजिटल फुटप्रिन्ट भेटिएको दाबी

काठमाडौँ । हालैको जम्मु कश्मीरको पहलगाम आक्रमणमा पाकिस्तानको हात रहेको आशङ्का गरिएको छ । भारतीय गुप्तचर निकायहरूले आक्रमणकारीहरूको मुजफ्फराबाद र कराँचीका सुरक्षित स्थानहरूसम्मको डिजिटल फुटप्रिन्ट पत्ता लगाएको दाबी गर्दै हिन्दुस्तान टाइम्सले समाचार लेखेको छ ।

जस अनुसार, यो आक्रमण २६/११ मुम्बई हमलामा प्रयोग गरिएको जस्तै रिमोट कन्ट्रोल-रूम प्रयोग गरेर गरिएको हुन सक्छ । आक्रमणमा कम्तीमा एक नेपाली सहित २६ जना पर्यटक मारिएका छन्, जसमा अधिकांश पुरुष र हिन्दु धर्मावलम्बी रहेका छन् । यो आक्रमणलाई पहलगाम उपत्यकामा अहिलेसम्मकै भयानक आक्रमणहरूमध्ये एक मानिएको छ ।

प्रारम्भिक फरेन्सिक विश्लेषण र बाँचेकाहरूको बयान अनुसार, हत्यामा संलग्न पाँच जना आतङ्कवादीहरू स्वचालित हतियार (एके राइफल) र आधुनिक सञ्चार उपकरणहरूले सुसज्जित थिए । उनीहरूमध्ये केहीले सैन्य शैलीको पोसाक समेत लगाएका थिए ।

टाइम्सले एक सैन्य अधिकारीलाई उद्धृत गर्दै लेखेको छ, “हाम्रा गुप्तचर सूचनाहरूले पाकिस्तानमा रहेका व्यक्तिहरूसँग प्रत्यक्ष सम्बन्ध रहेको देखाउँछ । हामीले मुजफ्फरावाद र कराँचीका केही गोप्य घरहरूसम्मका डिजिटल फुटप्रिन्ट पत्ता लगाएका छौँ, जुन लस्कर-ए-तैयबाका अघिल्ला ठुला आक्रमणहरूका मुख्य केन्द्रहरू थिए । जसलाई पाकिस्तानी सेना र आईएसआईले नियन्त्रण केन्द्रहरूबाट पर्यवेक्षण गरेका थिए ।”

हालै ठुलो सङ्ख्यामा उच्च तालिम प्राप्त आतङ्कवादीहरूलाई भारत पठाउन राज्य-समर्थित योजनाबद्ध षड्यन्त्र रहेको गुप्तचर जानकारी समेत प्राप्त भएको दाबी गरिएको छ । नाम नखुलाइएको सैन्य स्रोतलाई उद्धृत गर्दै समाचारमा पाकिस्तानी जासुसी संस्था आईएसआईले आतङ्कवादीहरूलाई अफलाइन भर्सनमा ‘अल्पाइन क्वेस्ट’ नामक नेभिगेसन एप उपलब्ध गराएको कुरा समेत उल्लेख छ । यो एप प्रायः पेसेभर पदयात्रीहरूले प्रयोग गर्छन् ।

“आईएसआईले यस एपमार्फत भारतीय सुरक्षा बलका शिविरहरू, प्रहरीको सवारी आवागमन र अवरोधहरूको विवरण कश्मीरमा रहेका आतङ्कवादीहरूलाई उपलब्ध गराएको सूचना छ,” समाचारमा भनिएको छ । आतङ्कवादीहरूले पाकिस्तानमा सर्भर भएका इन्क्रिप्टेड रेडि‌यो सञ्चार उपकरणहरू पनि प्रयोग गरिरहेको दाबी छ ।

यो पनि पढ्नुहोस्: के हो डिजिटल फुटप्रिन्ट, अनि तपाईँका लागि किन महत्त्वपूर्ण छ ?

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १६:२९





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट