२०८२ बैशाख १२ शुक्रबार
२०८२ बैशाख १२ शुक्रबार

वाइवाइ चाउचाउ बेचेर रामेश्वरले जिते नेटा भी कार

काठमाडौं । वाइवाइ चाउचाउले सञ्चालन गरेको ‘थोक विक्रेता उपहार योजना’ अन्तर्गत जोरपाटीस्थित तिवारी स्टोरका सञ्चालक रामेश्वर तिवारीले नेटा भी (Netta V) ईभी जितेका छन् । उनलाई वाइवाइका प्रमुख कार्यकारी अधिकृत प्रदीप पुडासैनीले बुधबार ललितपुरमा आयोजित एक समारोहमा कार हस्तान्तरण गरेका हुन् ।

काठमाडौँ, भक्तपुर र ललितपुरका थोक विक्रेताहरुलाई लक्षित गरेर सञ्चालन गरिएको योजनामा सहभागी बन्न प्रत्येक ५० कार्टुन वाइवाइ चाउचाउ खरिदमा पहेँलो कुपन र ५०० कार्टुन खरिदमा हरियो कुपन वितरण गरिएको थियो । सोही कुपनमार्फत थोक व्यापारीहरु लक्की ड्र प्रक्रियामा सहभागी हुन पाएका थिए ।

लक्की ड्रको आधारमा तिवारीले मुख्य उपहार नेटा भी कार जित्न सफल भएका हुन् । त्यसैगरी, काठमाडौंको केएबी स्टोर, राम एण्ड गणेश स्टोर र हाम्रो स्टोर, भक्तपुरको उज्वल स्टोर तथा ललितपुरका प्रकाश प्रधानले हिरो एक्सपल्स मोटरसाइकल जितेका छन् ।

त्यस्तै, उपत्यकाका पाँच थोक विक्रेताले एलजीको ५५ इन्च टेलिभिजन, १० जनाले एलजी फ्रिज, ५० जनाले शाश्वतधाम भ्रमण प्याकेज र ७० जनाले स्मार्ट वाच जितेका छन् ।

कार जितेका तिवारीले भने, “यो पुरस्कारले जस्तोसुकै प्रतिस्पर्धाको बिच पनि थोक विक्रेताहरुलाई थप प्रेरणा मिल्नेछ ।”

 

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १६:३४





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट