२०८२ बैशाख १२ शुक्रबार
LATEST NEWS
२०८२ बैशाख १२ शुक्रबार

एमालेले सरकार बचाउ भनेर कराएको छैन : प्रधानमन्त्री ओली

काठमाडौं–  प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको चिन्ता नगर्न आग्रह गर्दै मिसन ०८४ मा लाग्न आग्रह गरेका छन् । सरकारबारे अनेक चर्चा भइरहेका बेला उनले सरकारभन्दा चुनावको चिन्ता गर्न आग्रह गरेका हुन् ।

‘यतिबेला नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार एउटा संकल्पका साथ बनेको हो । स्थिरता र स्थायित्वका लागि बनेको सरकार हो । सरकारको बारेमा धेरै चिन्ता गर्ने होइन । चुनावको बारेमा चिन्ता गर्नु पर्दछ । त्यसैकारण एमालेले सरकार बचाउ भनेर कराएको छैन,’ उनले भने, ‘एमालेले जहिल्यै पनि चुनाव हेरेको हुन्छ । हामीले ७०, ७९ को चुनाव भन्यौ । ८४ को चुनाव भनेका छौं । मिसन ०८४ भनेका छौं । म साथीहरुलाई आग्रह गर्न चाहन्छु, ढुक्कले मिसन ०८४ मा लाग्नुस् ।’

Ncell 2
Ncell 2

उनले संसद‍्को बनावटअनुसार ठीक ढंगले देशलाई अघि बढाउन सकेसम्म प्रयासहरु एमालेले गर्ने बताए । ‘त्यसकारण यस कुरामा चिन्ता नगर्नुस् । मिसन ०८४ मा ध्यान दिनुस्,’ उनले भने, ‘मिसन ०८४ एमालेलाई निर्णायक शक्तिका रुपमा विकास गर्ने मिसन हो । यसबाट देश बन्छ, समृद्धि, राष्ट्रिय एकता बन्छ ।’

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट