२०८२ बैशाख ११ बिहीबार
LATEST NEWS
२०८२ बैशाख ११ बिहीबार

सर्वसाधारणलाई निर्घात कुटेको भिडिओ भाइरल भएपछि ४ ट्राफिक प्रहरी कारबाहीमा

काठमाडौँ । सामाजिक सञ्जालमा ट्राफिक प्रहरीले सर्वसाधारणलाई निर्घात कुटपिट गरेको भिडिओ भाइरल भएपछि घटनामा संलग्न प्रहरीहरूमाथि कारबाही प्रक्रिया अघि बढाइएको छ । उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भिडिओमा देखिएका चार जना ट्राफिक प्रहरीलाई तत्कालै जनसेवा ट्राफिक प्रहरी वृत्तको जिम्मेवारीबाट हटाइएको हो ।

कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक दीपक गिरीका अनुसार उक्त घटना मंसिर २३ गते सुन्धारास्थित आकाशे पुलमुनि घटेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको हो । उनले भने, “भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि अनुसन्धान सुरु गर्यौं । अहिले प्रहरीहरूलाई जिम्मेवारीबाट हटाइएको छ । थप कारबाहीका लागि यकिन अनुसन्धान भइरहेको छ ।”

गिरीका अनुसार, कुटपिटमा संलग्न प्रहरीहरूको परिचय हाल सार्वजनिक गरिएको छैन, तर ‘चार जनामध्ये कुटपिट कसले गरेको हो भन्ने यकिन भएपछि प्रहरी नियमावली २०७१ अनुसार कारबाही प्रक्रिया अघि बढाइनेछ’ ।

बिहीबार दिउँसोदेखि भाइरल भएको उक्त भिडिओमा एक ट्राफिक प्रहरीले मोटरसाइकल चालकलाई निर्घात कुटपिट गरेको देखिन्छ । सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले ‘प्रहरीले रक्षकको भूमिका निभाउनु पर्नेमा भक्षकको भूमिका खेलेको’ भन्दै आलोचना गरेका छन् । 

पछिल्लो अध्यावधिक: बैशाख ११, २०८२ १९:४३





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट