२०८२ बैशाख ११ बिहीबार
LATEST NEWS
२०८२ बैशाख ११ बिहीबार

फिल्म ‘हेल्लो काँशीराम’ गीत ‘झ्यामी मादल झ्याम’सार्वजनिक, दिलीप र प्रियंकाले गरे वेलकम [भिडियोसहित]

काठमाडौं– आगामी जेठ २ गतेदेखि प्रदर्शनको तयारीमा रहेको ‘हेल्लो काँशीराम’ को गीत ‘झ्यामकी मादल झ्याम’ सार्वजनिक गरिएको छ।

बिहीबार बुढासुब्बा डिजिटल युट्युबमार्फत सार्वजनिक गीतमा गायक प्रताप दास र गायिका मेलिना राईको स्वर सुन्न सकिन्छ। 

नरेन्द्र वियोगीको संगीत संयोजन रहेको यो डान्सिङ गीत हो। यसको भिडिओमा प्रियंका कार्की, दिलीप रायमाझी, उमेश राई, सुमन खाँड, सरोज केसीलगायत कलाकारहरूको नृत्य छ। भिडिओका कोरियोग्राफर कविराज गहतराज हुन्।

प्रचार प्रसारलाई अझ तिव्र बनाउने उद्देश्यले निर्माण टिमले यो गीत सार्वजनिक गरेको हो। 

रेडलाइन फिल्म्स प्रा.लि.को ब्यानरमा निर्माण भएको फिल्म रिम विश्वकर्माले लेखन तथा निर्देशन गरेका हुन्।

Ncell 2
Ncell 2

पि.बि थापा निर्माता रहेको फिल्ममा यम आलेको छायांकन, मित्र डि. गुरूङको सम्पादन र रंग संयोजन छ। 

‘हेल्लो काँशीराम’ मा दिलीप रायमाझी, सुरविर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेश राई (फुलन्देको आमा), अर्जुन गुरूङ, नवज्योति रसाइली, सुमन खाँण लगायत कलाकारहरूको अभिनय छ। अभिनेत्री प्रियंका कार्की विशेष भूमिकामा देखिन लागेकी हुन्।

फिल्म ‘हेल्लो काँशीराम’ जेठ २ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।

shivam cement
shivam cement

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट