२०८२ बैशाख ११ बिहीबार
२०८२ बैशाख ११ बिहीबार

समय सापेक्षित कानुन निर्माण गरिरहेका छौं : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सरकार समय सापेक्षित कानुन निर्माण गर्ने काममा लागिपरेको बताएका छन्।

बिहीबार भविष्य निर्माणः नवप्रवर्तन, लचिलोपन र दिगो विकास कार्यक्रममा बोल्दै उनले समय सापेक्षित कानुन निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको बताएका हुन्।

उनले भने, ‘हामीहरु सरकारमा छौं। समय सापेक्षित कानुन निर्माण गर्ने र छिटोछरितो काम गर्न उत्साहित गर्ने भनेर सरकार लागेको अवस्था छ। त्यसका लागि कुन कानुनहरु बाधाको रुपमा देखिएको छ अनुभूति भएको कुराहरु भन्नुहोला त्यसमा संशोधन गर्नेछौं। सबै समयसापेक्षित बनाउनुपर्छ।

त्यस्तै उनले धेरै आयोजना सुरु गरेर रोजगारी सृजना गर्ने र उद्योग धन्दाहरुलाइ चलायमान बनाउने कुरामा सरकारको ध्यान गएको पनि बताए।

उनले भने,‘एउटा आयोजना मात्रै हामीले सुरु गर्यौं भने रोजगारीकै अवसरहरु धेरै मिल्छ। बुढी–गण्डकी आयोजना सुरु गर्यौं भने १७ हजारले रोजगारी पाउँछन्। त्यसमा ४० प्रतिशत इन्जिनियरकै आवश्यकता हुन्छ। यस्ता थुप्रै आयोजनाहरुसुरु गर्नुपर्नेछ। त्यसले राजस्व वृद्धि हुने उद्योगधन्दाहरु चलयमान हुने हुन्छ। साना पसलदेखि रोजगार सृजना हुने आयोजनाहरुमा लाग्नुपर्ने आवश्यकता छ।’

अब ढिला गर्ने छुट कसैलाई नभएको भन्दै उनले तिव्र गतिमा काम अगाडि बढाउन लाग्नुपर्ने धारणा राखे।


सामाग्री श्रोत :

समय सापेक्षित कानुन निर्माण गरिरहेका छौं : मन्त्री खड्का

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट