२०८२ बैशाख ११ बिहीबार
२०८२ बैशाख ११ बिहीबार

भारतद्वारा पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज, पाकिस्तानी नागरिकलाई भिसा बन्द

काठमाडौं। जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारतले पाकिस्तानविरुद्ध कडा कदम चालेको छ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको सुरक्षा सम्बन्धी मन्त्रिपरिषद् समिति (सीसीएस) को बैठकले पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज गरेको भारतीय संचारमाध्यमहरूले जनाएका छ्न्।

यस्तै पाकिस्तानीहरूको लागि भिसा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाइ ४८ घण्टा भित्र देश छोड्न निर्देशन पनि दिएको छ।। भारतले पाकिस्तानमा रहेको आफ्नो दूतावाससमेत बन्द गर्ने निर्णय गरेको छ।

भारत-पाकिस्तानको मुख्य नाका कटारी नाका पनि भारतले बन्द गर्ने भएको छ। नाकाबाट सीमा वारपार गर्ने भारतीय तथा पाकिस्तानी नागरिकलाई मे १ सम्मको समयसीमा तोकिएको छ। उक्त समयभित्र भारतीय तथा पाकिस्तानी नागरिकले उक्त नाका प्रयोग गरेर स्वदेश फर्किन सक्नेछन्।

मंगलबार पहलगाममा पर्यटकमाथि आतंकवादीहरूले एक नेपालीसहित २६ जनाको जनाको गोली हानेर हत्या गरेका थिए।


सामाग्री श्रोत :

भारतद्वारा पाकिस्तानसँगको सिन्धु जल सम्झौता खारेज, पाकिस्तानी नागरिकलाई भिसा बन्द

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट