काठमाडौँ–कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

वैशाख १७ गते बस्ने भनिएको बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिएका हुन्।
पौडेलले जारी गरेको सूचनामा भनिएको छ, ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०८२ वैशाख १७ गते बुधबार दिनको १ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, बी.पी. नगर, ललितपुरमा बस्ने भनिएकोमा उक्त बैठक अर्को सूचना प्रकाशित नहुञ्जेलसम्मका लागि स्थगित गरिएको छ ।’
कांग्रेस सभापति शेरबहादुर देउवा थाइल्याण्ड पुगेपछि नेपालको राजनीतिक कोर्ष परिवर्तन हुने चर्चाकोबीच कांग्रेसको बैठक स्थागित भएको हो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ