२०८२ बैशाख ११ बिहीबार
२०८२ बैशाख ११ बिहीबार

अब एलन मस्कको एआई ग्रोकले देख्न र विभिन्न भाषा बोल्न सक्ने

काठमाडौँ । एलन मस्कको स्वामित्वमा रहेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल ग्रोकले देख्नुका साथै विभिन्न भाषा बोल्न समेत सक्ने भएको छ । एक्सएआईले आजदेखि आफ्नो च्याटबट ग्रोकमा नयाँ फिचर थपेको हो ।

यसमा आएको ग्रोक भिजन नामक नयाँ फिचरले तपाईँको मोबाइलको क्यामेरा प्रयोग गरेर वरपरको संसारलाई बुझ्ने क्षमता राख्छ । यसको अर्थ अब तपाईँले कुनै सामान, साइनबोर्ड वा डकुमेन्टमा क्यामेरा तेर्स्याएर ग्रोकलाई त्यसको बारेमा प्रश्न सोध्न सक्नुहुन्छ । यो फिचर अहिले आईओएसमा रहेको ग्रोक एपमा उपलब्ध छ, तर एन्ड्रोइड प्रयोगकर्ताहरूले भने यसका लागि अझै केही समय कुर्नुपर्नेछ ।

यसका साथै ग्रोक अब विभिन्न भाषामा अडियो पनि बुझ्न र बोल्न सक्ने पनि भएको छ । यसको भ्वाइस मोडमा रियल-टाइम सर्चको सुविधा थपिएको छ। यदि तपाईँ एन्ड्रोइड प्रयोगकर्ता हुनुहुन्छ र यी नयाँ फिचरहरू चलाउन चाहनुहुन्छ भने, एक्सएआईको सुपर ग्रोक प्लान सब्सक्राइब गर्नुपर्नेछ । जसको मूल्य प्रति महिना ३० अमेरिकी डलर तोकिएको छ ।

एक्सएआईले ग्रोकलाई निरन्तर रूपमा अपडेट गरिरहेको छ । भर्खरै मात्र कम्पनीले यसमा मेमोरी फिचर थपेको थियो । जसले गर्दा यसले पुरानो कुराकानीहरू याद राख्न सक्छ । साथै, डकुमेन्ट र एप बनाउन मिल्ने क्यानभास-जस्तो टुल पनि ग्रोकमा थपिएको छ ।

ग्रोकमा आएका यी नयाँ फिचरहरूले यसलाई गुगलको जेमिनाई र ओपन एआईको च्याटजीपीटी जस्तै थप शक्तिशाली बनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १०, २०८२ १५:४०





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट