२०८२ बैशाख ११ बिहीबार
२०८२ बैशाख ११ बिहीबार

‘डिजिटल कर्णाली निर्माणको यात्रा सार्थक बनाउछौँ’

कर्णाली। कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले डिजिटल कर्णाली निर्माणको यात्रा सार्थक बनाउने बताएका छन्। आन्तरिक मामिला तथा कानुन मन्त्रालय र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा सुर्खेतको वीरेन्द्रनगरमा मंगलबारदेखि आयोजित ‘डिजिटल कर्णाली कन्क्लेभ’को आज समापन समारोहमा बोल्दै मुख्यमन्त्री कँडेलले कन्क्लेभको निष्कर्षले डिजिटल कर्णाली निर्माणमा सबैको सहयोग आवश्यकता रहेको बताए। भोट सम्झेर नीति बनाउने प्रवृत्तिले कर्णालीको सुधार नहुने बताउँदै उहाँले यस्तो मनोविज्ञानको अन्त्य हुनुपर्नेमा जोड दिए।

मुख्यमन्त्री कँडेलले भने, ‘पछिल्लो समय हामी नीति, नियम, कानुन र काममा सुधार गर्दै विधिको आधारमा अगाडि बढेका छौँ। अब हिनताबोध होइन, ऊर्जा लिएर आशाको मार्ग चित्र कोरौँ।’ डिजिटल शिक्षा र प्रविधि कर्णालीका निम्ति आवश्यक भएको उल्लेख गर्दै उनले यसको औचित्यतालाई पुष्टि गर्ने गरी नतिजा निकाल्ने र त्यसका लागि तीनै तहका सरकारको समन्वय, सहकार्य र सहअस्तित्व जरुरी रहेको औँल्याए।

नेपाली काँग्रेस कर्णाली प्रदेशसभा दलका नेता तथा पूर्व मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा भौगोलिक विकटता र विद्युतीकरणको समस्या भए पनि डिजिटाईजेसनमा प्रतिस्पर्धी हुनैपर्ने बताए। सूचना र प्रविधिको चरम विकास भइरहेको बेला अन्य प्रदेश भन्दा कमजोर देखिए पनि कर्णालीले डिजिटाइजेसनमा भावी मार्गचित्र निर्माण गर्नुपर्नेमा जोड दिए।

दुई दिनसम्म चलेको कन्क्लेभमा कृषि, पर्यटन, स्वास्थ्य र पूर्वाधार जस्ता क्षेत्रमा डिजिटल प्रविधिको प्रयोग, त्यसको विस्तार र सम्भावनाको खोज सम्बन्धमा छलफल भएको थियो। त्यही अनुरुप आगामी कार्ययोजना निर्माण गरी अगाडि बढ्ने तयारी भइरहेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव पुष्पराज शाहीले जानकारी दिए।

उनका अनुसार प्रदेश सरकारले डिजिटल पूर्वाधार तथा शिक्षा प्रणाली विस्तार, इन्टरनेट पहुँच, सूचनाको हकको प्रवर्द्धन र ई–गभर्नेन्समार्फत सेवा प्रवाहलाई प्रभावकारी बनाउने कामहरुका विषयमा भएको छलफल महत्त्वपूर्ण छ।

कर्णाली प्रदेश सरकारका प्रमुख सचिव वीरेन्द्रकुमार यादवले डिजिटाइजेसन एउटा माध्यम भएको प्रतिक्रिया दिँदै सार्वजनिक निजी साझेदारीबाट डिजिटल कर्णाली निर्माणको यात्रामा सहयोग पुग्ने बताए।


सामाग्री श्रोत :

‘डिजिटल कर्णाली निर्माणको यात्रा सार्थक बनाउछौँ’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट