२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

जम्मु-कश्मीरको पहलगाममा मारिएका नेपालीको शव ल्याइँदै

काठमाडौँ — भारतको जम्मु–कश्मीरस्थित पहलगाममा मंगलबार भएको आक्रमणमा मृत्यु भएका नेपाली सुदीप न्यौपानेको शव नेपाल ल्याउने प्रक्रिया सुरू भएको छ । नयाँदिल्लीस्थित नेपाली दूतावासका अनुसार उनको शव दिल्ली-लखनऊ हुँदै आजै मध्यरातसम्ममा बुटवल ल्याइने भएको हो ।

बुटवल उपमहानगरपालिका–१४ का २७ वर्षीय सुदीप न्यौपानेको जम्मू-कश्मीरको पहलगाममा मंगलबार आतंककारीले गरेको आक्रमणमा मृत्यु भएको थियो । दूतावासका अनुसार मृतक र उनीसँगै रहेका ४ जनालाई साँझ ५ बजेको उडानमा श्रीनगरबाट विमानमार्फत नयाँदिल्ली ल्याइँदैछ ।

Ncell 2
Ncell 2

दूतावासका कन्सुलर सन्जिव शर्माका अनुसार दिल्लीबाट राति साढे ९ बजेको उडानमार्फत उनीहरूलाई लखनऊस्थित विमानस्थल पुर्‍याइनेछ । उनका अनुसार उक्त विमान राति १०:४० मा लखनऊ विमानस्थलमा अवतरण हुनेछ । त्यहाँबाट भारतीय सुरक्षा निकायले नेपालस्थित सीमासम्म ल्याएर नेपाली अधिकारीको जिम्मा लगाउने योजना तय भएको छ । त्यसपछि शव परिवारजनको जिम्मा लगाइनेछ ।

shivam cement
shivam cement

आतंकवादी आक्रमणमा सुदीपसहित २७ जनाको ज्यान गएको छ । मारिनेमध्ये संयुक्त अरब इमिरेट्सका एक नागरिकसँगै भारतीय राज्य उत्तरप्रदेश, गुजरात, महाराष्ट्र, कर्नाटक, तमिलनाडू र ओडिसका पर्यटक छन् । जम्मू–कश्मीरमा सन् २०१९ को पुलवामा आक्रमणपछि यो सबैभन्दा ठूलो आक्रमण हो । त्यसबेला सीआरपीएफका ४० जवान मारिएका थिए । पहलगाम आक्रमणपछि भारतका अन्य सहरहरूमा पनि उच्च सतर्कता अपनाइएको छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट