२०८२ बैशाख ११ बिहीबार
२०८२ बैशाख ११ बिहीबार

बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान

धरान- नेपाल नर्सिङ्ग संघ, बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान एकाई धरानले प्रतिष्ठानमा कार्यरत सिनियर स्टार्फ नर्सहरुको नेतृत्व क्षमता र क्लिनिकल व्यवस्थापन सीपलाई बढाउने र अपडेट गराउने उदेश्यले हालै १ दिने वर्कसप आयोजना गरेको छ।प्रतिष्ठानको एच.पी.ई. हलमा प्रतिष्ठानमा कार्यरत सिनियर स्टाफ  नर्सलाई ‘डेभलपिङ इफेक्टिभ नर्स लिडरसिप’ विषयक एक दिने कार्याशाला गोष्ठीको आयोजना गरिएको हो।प्रतिष्ठानका मेट्रोन तथा नेपाल नर्सिङ्ग संघ वी.पी. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान इकाई धरानको अध्यक्ष श्री कला थापाको अध्यक्षतामा भएको उक्त कार्याशाला गोष्ठीमा कलेज अफ नर्सिङ्गका प्रमुख प्रा रमानन्द चौधरी, प्रा पुष्पा पराजुली, प्रा उपेन्द्र यादव,  प्रा समी लामा लगायतले सहजीकरण गरेका थिए। कार्याशाला गोष्ठीको सञ्चाचालन प्रतिष्ठानको सिनियर स्टाफ नर्स तथा नर्सिङ्ग संघकी सदस्य  सकुन रसाईलीले गरेकी थिइन्।वर्कसपले प्रतिष्ठानको नर्सिङ्ग सेवा, व्यवसायिक नेतृत्व र व्यवस्थापनमा थप टेवा पुग्ने विश्वास लिएको अध्यक्ष थापाले बताए। कार्याशाला गोष्ठीमा ४४ जना सिनियर स्टाफ नर्सहरुको सहभागीता रहेको थियो।  
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट