काठमाडौं- नेपालगञ्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा शुरु भएको छ। शहीद धर्मभक्त राष्ट्रिय मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा सेवा सुरु गरिएको हो। सेवाको पहिलो दिन दुई बिरामीको सफलतापूर्वक मिर्गौला प्रत्यारोपण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले छ । यो सेवा अब नियमित हुने पनि बताइएको छ ।विशिष्टिकृत स्वास्थ्य उपचार सेवा संघीय राजधानी बाहिरका अस्पतालहरुमा समेत विस्तार गर्ने स्वास्थ्य तथा जनसंख्या प्रदीप पौडेलको नीतअनुसार अन्य प्रादेशिक अस्पतालहरुमा समेत यस सेवा विस्तार गर्ने मन्त्रालयको योजना रहेको उल्लेख गरिएको छ।
सामाग्री श्रोत :
swasthyakhabar

