२०८२ भाद्र २७ शुक्रबार
LATEST NEWS
२०८२ भाद्र २७ शुक्रबार

गगन थापाको आग्रह- निजामती विधेयक अगाडि बढेको छ

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निजामती कर्मचारी ट्रेड युनियनलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न आग्रह गरेका छन्।

राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै विधेयक अघि बढेको भन्दै आन्दोलन रोक्न आग्रह गरेका हुन्।

उनले भने, ‘निजामती विधेयक अगाडि बढेको छ। एकपटक प्रतिवेदन अध्ययन गरेर पास गरौं भन्ने कुरा आएको छ। सरकार भनेको सबैले मिलेर चलाउने होे। काम सुस्त भइरहेको बेलामा दबाब दिने भन्ने कुरा स्वभाविक हो। बसेर छलफल गरेर टुंग्याउँदै गर्दा यसलाई सकारात्मक रुपमा लिएर त्यसलाई टुंग्याउने वातावरण बनाउन सबैले मद्दत गर्नुपर्छ।’

Ncell 2
Ncell 2

यसअघि मंगलबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा निजामती कर्मचारी ट्रेड युनियनका नेताहरूले समितिमै उपस्थित भएर  विभिन्न १० बुँदे माग पेस गर्दै पूरा गर्न ७२ घण्टे अल्टिमेटम दिएका थिए।

उनीहरूले ७२ घण्टाभित्र आफ्ना माग सम्बोधन गर्दै निजामती कर्मचारी विधेयक अगाडि बढाउन आग्रह गर्दै त्यसो नभए आन्दोलनको अर्को चरण सुरु हुने चेतावनी दिएका हुन्।

shivam cement
shivam cement

निजामती विधेयक राज्य व्यवस्था समितिमा विचाराधीन छ। संसद्को वर्षे अधिवेशन १२ वैशाखबाट सुरु हुँदैछ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट