२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

‘जलवायु परिवर्तनका कारण प्राकृतिक प्रणालीको अस्तित्व संकटमा’

सोलुखुम्बु। रक्षामन्त्री मानवीर राईले मानवीय क्रियाकलापका कारण सृजित जलवायु परिवर्तनका कारण जीवजन्तु र प्राकृतिक प्रणाली अस्तित्वको संकटमा परेको बताएका छन्।

खुम्बु पासाङल्हामु गाउँपालिका–५, थामेमा मंगलबार आयोजित आरोही सम्मेलनलाई सम्बोधन गर्दै उनले जलवायु परिवर्तनको असर विश्वभर तीव्र रूपमा बढिरहेको उल्लेख गर्दै यो समस्या नेपालका मात्रै नभइ विश्वको भएको बताए।

विकसित देशहरूले उत्सर्जन गरेका हरितगृह ग्यासका कारण उत्पन्न समस्याको समाधानका लागि अब विश्व समुदाय एकजुट भएर अनुकूलनको बाटो रोज्नपर्नेमा उनले जोड दिए।

मन्त्री राईले प्राकृतिक सन्तुलनको विघटनको प्रमुख कारण मानवीय गतिविधि रहेको उल्लेख गर्दै वातावरणीय विनाशको मुख्य जिम्मेवारी सम्पन्न राष्ट्रहरूले लिनुपर्ने तर्क गरे। ‘विकसित मुलुकहरूको उत्पादन र प्रविधि आधारित जीवनशैलीले पृथ्वीको तापक्रम बढाएको छ। यसको असर खासगरी जल, जमिन, हिउँ र हावामा स्पष्ट देखिएको छ’, उनले भने।

आरोही सम्मेलनमा सहभागी आरोही, जनप्रतिनिधि, सरकारी अधिकारी, वातावरणविद् र स्थानीयवासीहरूको सहभागितामा छलफलपछिको निष्कर्षका रूपमा पाँच बुँदे थामे घोषणापत्र सार्वजनिक गरिएको थियो। घोषणापत्रमा थामेलगायतका स्थानमा बाढीपहिरो तथा जलवायु प्रभावित क्षेत्रको मुद्दालाई आगामी जेठ २ गते काठमाडौंमा आयोजना हुने सगरमाथा संवादमा प्राथमिकताका साथ उठान गर्नुपर्ने उल्लेख गरिएको छ।

घोषणापत्रले हिमाली क्षेत्रका स्थानीय बासिन्दाको जलवायु प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्न, वातावरणीय न्याय र संरक्षणमा केन्द्रित नीति निर्माणका लागि सरोकारवालाबीच सहकार्यको आवश्यकता औँल्याएको छ। साथै आरोही समुदायलाई जलवायु प्रवक्ता बनाउँदै अन्तरराष्ट्रिय समुदायमा हिमाली सङ्कटबारे आवाज बुलन्द गर्न एकजुट हुने प्रतिबद्धता व्यक्त गरिएको छ।


सामाग्री श्रोत :

‘जलवायु परिवर्तनका कारण प्राकृतिक प्रणालीको अस्तित्व संकटमा’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट