काठमाडौँ । ओमोडा एन्ड जेइकोले ‘फ्युचर फेसन र डेलिकेट अफ-रोड’ को अनुभव दिने ‘ओ-युनिभर्स’ अवधारणा सार्वजनिक गर्ने भएको छ । कम्पनीले यही अप्रिल २५ का दिन विश्वव्यापी डिलर तथा मिडिया प्रतिनिधिहरूका लागि भर्चुअल माध्यममार्फत यो कार्यक्रम आयोजना गर्न लागेको हो ।

कम्पनीका अनुसार, ‘ओ-युनिभर्स’ मार्फत डिलर तथा मिडिया प्रतिनिधिहरूले ओमोडाको अत्याधुनिक प्रविधिबाट प्रेरित ‘ओ-ल्याब’ र जेइकोको अफ-रोड जीवनशैलीमा आधारित ‘जे-ल्यान्ड’को फरक अनुभव लिन सक्नेछन् ।
‘ओ-ल्याब’ ले प्रविधि र कलाको संगमसहित सन् २०५० को फ्युचरिस्टिक सहर कस्तो देखिनेछ भन्ने अनुभव प्रदान गर्नेछ । त्यस्तै ग्यालेक्सीको झझल्को दिने अत्याधुनिक एलईडी स्क्रिनयुक्त भित्तामा ओमोडाको नवीनतम प्रविधि प्रदर्शित गरिने कम्पनीले जनाएको छ । कार्यक्रममा रोबोट, रोबोटिक कुकुर, ड्रोन र अन्तर्क्रियात्मक गतिविधिहरू समेत रहनेछन् ।
यस अवसरमा ओमोडाको पहिलो हाइब्रिड मोडेल ‘सी-सेभेन एसएचएस’ र पहिलो पूर्ण विद्युतीय गाडी ‘ई-फाइभ’को समेत प्रदर्शनी गरिने भएको छ । साथै, ‘सी-थ्री साइबर मेका आर्ट ग्यालरी’ मार्फत परम्परागत प्रविधिका सीमाहरू तोड्दै ‘इन्टेलिजेन्ट लाइट इन्सटलेसन’ सहितको कलात्मक अनुभव पनि प्रस्तुत गरिने कम्पनीले जनाएको छ ।

यस्तै, जेइकोको ‘जे-ल्यान्ड’ प्रदर्शनीमा हरियाली वातावरणको झल्को दिने गरी अफ-रोड ‘रक्की प्लेटफर्म’ मा जेइकोका ‘जे-फाइभ बीईभी’, ‘जे-सेभेन एसएचएस’ र ‘जे-एट एसएचएस’ मोडेल प्रदर्शन गरिनेछ । प्रदर्शनी स्थलमा जङ्गल, डाँडाकाँडा, घाँसे मैदान र चट्टान जस्ता संरचना निर्माण गरी क्याम्पिङको अनुभूति दिन व्यवस्था मिलाइनेछ ।
कम्पनीले प्रदर्शनी अवधिभर ‘लाइट क्याम्पिङ’ टेस्ट ड्राइभको अवसर समेत दिने बताएको छ ।
नेपालमा ओमोडा र जेइको ब्रान्डको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्राइभेट लिमिटेड हो ।
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ २१:५२
सामाग्री श्रोत :
टेक पाना