२०८२ बैशाख १० बुधबार
२०८२ बैशाख १० बुधबार

नेपालमा विद्युतीय सवारी भित्र्याउन नयाँ नियम ल्याउँदै सरकार

काठमाडौँ । नेपालमा विद्युतीय सवारीसाधन (ईभी)को आयात नियमन गर्न यातायात व्यवस्था विभागले नयाँ मापदण्ड तयार गर्ने भएको छ । मापदण्डको मस्यौदा तयार पार्न विभागले एक महिनाको समयावधि राखेर समिति गठन गरेको छ ।

समितिको नेतृत्व विभागका सवारी परीक्षण, अन्तरदेशीय यातायात व्यवस्थापन तथा मापदण्ड शाखाका निर्देशक ई. श्रीकान्त यादवले गरेका छन् । टेकपानासँग कुरा गर्दै यादवले गत हप्ता समिति गठन भई काम अगाडि बढिसकेको जानकारी दिए ।

नेपालमा हालसम्म विद्युतीय सवारीसाधन भित्र्याउँदा कुनै स्पष्ट मापदण्ड छैन । आर्थिक वर्ष २०८१/८२ को पहिलो नौ महिनामा मात्रै सात हजारभन्दा बढी बिजुली गाडी नेपाल भित्रिएका छन् । ईभीको आयात र माग तीव्र गतिमा बढिरहेसँगै व्यवसायीहरूले मापदण्डको माग गर्दै आएका थिए ।

ई. यादवका अनुसार नेपालमा भित्रिने ईभीहरूको गुणस्तर र बिक्रीपछिको सेवा सन्तोषजनक नरहेको गुनासो बढेपछि मापदण्डको आवश्यकता महसुस गरिएको हो ।

“नेपालमा अहिले आयात हुने ईभीहरू गुणस्तरीय छैनन् भन्ने गुनासा बढी छन् । ग्राहकले पाउनेपर्ने सेवा सुविधा पनि उपलब्ध हुन सकेको छैन,” यादवले भने, “त्यसैले सवारीको गुणस्तर र बिक्रीपछि ग्राहकले पाउने सेवा दुवैलाई केन्द्रमा राखेर मापदण्डको मस्यौदा तयार गरिनेछ ।”

उनले मस्यौदाका लागि आन्तरिक अध्ययन तथा निजी क्षेत्रका सरोकारवालासँग छलफल सुरु भइसकेको बताए । यद्यपि, प्राविधिक विषय भएकाले एक महिनाको समयावधि पर्याप्त नहुने भन्दै थप समय लाग्ने संकेतसमेत यादवले दिएका छन् । “यो नितान्त प्राविधिक विषय हो । अन्य देशका नीति, हाम्रो आवश्यकतासहित प्राविधिक पक्षको गहिरो अध्ययन गर्नुपर्ने भएकाले समय लाग्न सक्छ,” उनले भने ।

 

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ २२:१





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट