काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले आफूसँग असहमति नभई स्वास्थ्यका कारण राजीनामा दिएको बताएका छन्।नेपाल कम्युनिष्ट पार्टीको ७६ औँ स्थापना दिवसका अवसरमा उनले भने, ‘ मैले बनाएको मन्त्री हो । मैले काम लगाइरहेको छु। सहयोग गरिरहेको छु । सिकाइराखेको छु। ठूलो मन्त्रालय छ, अहिले स्वास्थ्य ठिक भएन भनेर राजीनामा दिनुभएको हो।’फागुन दोस्रो सातातिर उनलाई घाँटी दुख्ने, ज्वरो आउने र निरन्तर खोकी लाग्ने भएपछि उनी शिक्षण अस्पतालमा भर्ना भएकी थिइन्। उनको घाँटीमा संक्रमण देखिएको थियो। लिम्फ नोड सुन्निएको पाइएको थियो। उक्त समस्याका उनले त्रिवि शिक्षण अस्पतालमा शल्यक्रिया गराएकी थिइन्। शल्यक्रियापछि मन्त्री भट्टराई उपचारपछि चैत पहिलो सातासम्म आराममा बसेकी थिइन् ।त्यसपछि पुन: मन्त्रालयमा सक्रिय उनी शिक्षक आन्दोलन, प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रालयका कर्मचारीको असहयोगका कारण राजीनामा दिन पुगेकी हुन्।
सामाग्री श्रोत :
swasthyakhabar

