काठमाडौँ । चीनले सुन बेच्न मिल्ने अत्याधुनिक एटीएम सञ्चालनमा ल्याएको छ । साङ्घाइस्थित एक मलमा राखिएको यो एटीएमले सुन पगाल्ने, शुद्धता र तौल जाँच गर्ने तथा मूल्यांकन गरी ३० मिनेटभित्रै रकम प्रयोगकर्ताको बैंक खातामा ट्रान्सफर गर्ने सुविधा दिन्छ । विशेषता के छ भने यो पुरै प्रक्रिया कागजी झन्झटबिनै सम्पन्न गर्न सकिन्छ ।

‘चाइना किङहूड ग्रुप’ ले सञ्चालन गर्ने उक्त एटीएमले सुनको तौल र गुणस्तर परीक्षण गरी त्यसअनुसार मूल्य निर्धारण गर्ने बताइएको छ । मनी कन्ट्रोलमा प्रकाशित समाचार अनुसार एटीएमले कम्तीमा ३ ग्राम तौल र ५० प्रतिशतभन्दा बढी शुद्धता भएको सुन मात्र स्वीकार गर्छ ।
साङ्घाइको उक्त मलमा रहेको एटीएम प्रयोग गर्न चाहने मानिसहरूको लामो लाइन लाग्ने गरेको छ । एटीएम प्रयोग गर्न अनिवार्य रूपमा अग्रिम समय बुकिङ गर्नुपर्ने व्यवस्था छ । रिपोर्टअनुसार, मे महिनासम्मका सबै समय पहिल्यै बुक भइसकेका छन् ।
हालैको एउटा प्रदर्शनमा ४० ग्राम सुनको हारको मूल्यांकन गर्दा प्रति ग्राम ७८५ युआन (करिब १४ हजार ६७७ रुपैयाँ) तोकिएको थियो । सोही आधारमा प्रयोगकर्तालाई ३० मिनेटमै ३६,००० युआन (करिब ६ लाख ७३ हजार रुपैयाँ) बराबरको रकम खातामा ट्रान्सफर गरिएको थियो ।

A Gold ATM in China 🇨🇳
Drop in your gold, it melts it on the spot, weighs it, and instantly credits your bank account.
This isn’t the future — it’s happening now. pic.twitter.com/Anku2nwdkL
— AnirudhSethi-Chart Surgeon (@CHARTISKING) April 20, 2025
पछिल्लो अध्यावधिक: बैशाख ९, २०८२ १८:५९
सामाग्री श्रोत :
टेक पाना