२०८३ असार ३० मंगलवार
LATEST NEWS
२०८३ असार ३० मंगलवार

‘सक्षम, असल र इमान्दार भएकै कारण विद्याले राजीनामा दिनु परेको हो?’

काठमाडौं । नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले सक्षम, इमान्दार र असल भएकैले विद्या भट्टराईले शिक्षामन्त्रीबाट राजीनामा दिनुपरेको हो भन्दै प्रश्न गरेकी छन्।

भट्टराईले सोमबार शिक्षामन्त्रीबाट राजीनामा दिएपछि विभिन्न टिकाटिप्पणी भइरहेको बेला शाक्यले यस्तो प्रश्न गरेकी हुन्। पार्टी अध्यक्ष रहेका प्रधानमन्त्री केपी शर्मा ओलीबाटै असहयोग भएकाले भट्टराईले राजीनामा दिनु परेको उनको भनाइ छ।

‘शिक्षक आन्दोलन चलिराखेको बेला शिक्षामन्त्री भट्टराईले राजीनामा किन दिनुपर्‍यो?, विद्या भट्टराई सक्षम, इमान्दार, नैतिकता उच्च भएको, एउटा असल नेता भएको कारणले राजीनामा दिनुपरेको हो? उहाँलाई सहयोग किन भएन?,’ उनले प्रश्न गरेकी छन्।

भट्टराईको राजीनामाले उनको नैतिक धरातल कमजोर नभक्ष थप उच्च बनाएको शाक्यले टिप्पणी गरिन्। ‘विद्या! तपाईंको इमान र नैतिकता सबैको लागि सधैँ प्रेरणा बनोस्,’ शाक्यले सामाजिक सञ्जालमा भनेकी छन्।


सामाग्री श्रोत :

‘सक्षम, असल र इमान्दार भएकै कारण विद्याले राजीनामा दिनु परेको हो?’

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट