काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत सोमबार रातिको खेलमा गुजरात टाइटन्सले कोलकाता नाइट राइडर्सविरुद्ध ३९ रनको सानदार जित निकालेको छ । १९९ रनको लक्ष्य पछ्याएको कोलकाताले आठ विकेट गुमाउँदै १५९ रन मात्र बनाउन सक्यो ।

कोलकाताका कप्तान अजिंक्य रहाणेले सर्वाधिक ५० रन बनाए । आन्द्रे रसेल २१, रिन्कु सिंह १७ र सुनील नारायण १४ रनमा आउट हुँदा अंगक्रिस रघुवंशी २७ रनमा नटआउट रहे । गुजरातका प्रशिद्ध कृष्ण र राशिद खानले समान दुईदुई विकेट हात पारे भने मोहम्मद सिराज, इशान्त शर्मा, वासिंटन सुन्दर र साई किशोरले एकएक विकेट लिए ।
इडेन गार्डेन्स कोलकातामामा टस हारेर सुरुमा ब्याटिङ थालेको गुजरातले मात्र तीन विकेट गुमाउँदै १९८ रन बनाएको थियो । गुजरातका कप्तान सुभमन गिलले सर्वाधिक ९० रन बनाए । ५५ बलको सामना गरेका उनले १० चौका र तीन छक्का हिर्काए । साई सुदर्शनले ५२ रन बनाउँदा ६ चौका र एक छक्का प्रहार गरे । उसका लागि जोश बटलरले अविजित ४१ रन जोडे ।
कोलकाताका वैभव अरोरा, हर्षित राना र आन्द्रे रसेललले एकएक विकेट हात पारे । यो जितसँगै आठ खेलबाट १२ अंक जोडेको गुजरात शीर्ष स्थानमा छ भने कोलकाताको समान खेलबाट ६ अंक मात्र छ ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ