काठमाडौँ । नेपालको अटोमोबाइल बजारमा पछिल्लो समय विद्युतीय सवारी साधनहरूप्रति आकर्षण तीव्र रूपमा बढ्दै गएको छ । यही मागलाई सम्बोधन गर्न विभिन्न वितरक कम्पनीहरूले नेपाली बजारमा नयाँ–नयाँ ईभी मोडेलहरू सार्वजनिक गरिरहेका छन् । लग्जरीदेखि बजेट सेग्मेन्टसम्मका यी विद्युतीय गाडीबिच अत्याधुनिक प्रविधि, उच्च सुरक्षा विशेषता, लामो रेन्ज र स्मार्ट फिचरहरूमा प्रतिस्पर्धा छ । पानारोमिक सनरुफ, एडभान्स ड्राइभिङ असिस्ट सिस्टम, फास्ट चार्जिङ, मल्टिजोन क्लाइमेट कन्ट्रोल, स्मार्ट इनफोटेन्मेन्ट सिस्टमजस्ता सुविधा बोकेर आएका यी गाडीहरूले नेपाली उपभोक्तालाई ईभीको नयाँ अनुभव प्रदान गर्ने लक्ष्य लिएका छन् । पछिल्लो एक वर्षमा अर्थात् २०८१ सालमा सार्वजनिक भएका ईभीहरूको सूची मूल्य, रेन्ज, ब्याट्री क्षमता, मोटर पावर, विशेष फिचर लगायत अन्य विवरणसहितको जानकारी यहाँ उल्लेख छ ।

जिकर एक्स
नेपालका लागि जिकरको आधिकारिक वितरक पायोनियर मोटो कर्पले जिकर एक्सका दुई भेरियन्ट नेपाल भित्र्याएको हो । जिकर चीनको जिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो ।
- भेरियन्टः अल ह्विल ड्राइभ र स्ट्यान्डर्ड रिअर ह्विल
- मूल्यः अल ह्विल ड्राइभ १ करोड ५४ लाख रुपैयाँ ।
- स्ट्यान्डर्ड रिअर ह्विल ८४ लाख ९९ हजार रुपैयाँ
- प्रकारः अर्बन एसयूभी
- ब्याट्रीः ६९ किलोवाट
- चार्जिङ समय (एसी): चार घण्टा
- रेन्जः ४४० किमि
- मोटरः २०० किलोवाट (रियर ह्विल ड्राइभ) । ३१५ किलोवाट (अल ह्विल ड्राइभ)
- ग्राउन्ड क्लियरेन्सः १९१ एमएम
- बुट स्पेसः ३६२ लिटर (११८२ लिटरसम्म बढाउन मिल्ने)
- ह्विलबेसः २,७५० एमएम
- कलर अप्सनः क्रिस्टल ह्वाइट, ग्रिड ग्रे, मिस्ट ग्रे, प्यालेस बिज, पाइन ग्रिन
- अन्य फिचरः स्मार्ट इकोसिस्टम, एडास, ३६० डिग्री क्यामेरा, ७ एयर ब्याग, डिजिटल भिडिओ रेकर्ड, फ्रेमलेस विन्डो, पानारोमिक सनरुफ, कारप्ले, एन्ड्रोइड अटो, ८१५५ इन्टेलिजेन्ट ककपिट, १४.६ इन्च सेन्ट्रल टचस्क्रिन डिस्प्ले

दिपल एल ०७
नाडा अटो शो २०२४ प्रदर्शन गरिएको दिपल एल ०७ चिनियाँ कम्पनी चाङ्गनको उत्पादन हो । नेपालमा चाङ्गनको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि अटोकर्पले यो गाडी भित्र्याएको हो ।
- मूल्यः ६९ लाख ९९ हजार रुपैयाँ
- प्रकारः सेडान
- ब्याट्रीः ६८ किलोवाट टर्नरी लिथियम (एनएमसी-NMC)
- चार्जिङ समयः डीसी चार्जरमार्फत ३५ मिनेटमा ८० प्रतिशत
- रेन्जः ५४० किलोमिटर एनईडीसी र ४८५ किलोमिटर डब्लुएलटीपी
- मोटरः ९९ किलोवाट/पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटर
- ग्राउन्ड क्लियरेन्सः १५५ एमएम
- बुट स्पेसः ४७३ लिटर
- अन्य फिचरः इलेक्ट्रिक पावर स्टेरिङ (ईपीएस), म्याफेर्सन स्ट्रट फ्रन्ट सस्पेन्सन र एच-आर्म मल्टिलिंक इन्डिपेन्डेन्ट रियर सस्पेन्सन, एलईडी स्टेलर डे टाइम रनिङ लाइट, एलईडी स्टार फ्लेम थ्रु-पाइप टेललाइट्स, इलेक्ट्रिक हिडन डोर ह्यान्डल्स, हिट रेजिस्टेन्स प्यानोरामिक ग्लास रूफ, फ्रेमलेस डोर विन्डोज, मल्टी-फङ्सन स्टेरिङ ह्विल, फोर-पावर एडजस्टेबल ड्राइभर सिट, ४ ड्राइभ मोड, एप्पल कारप्ले, एन्ड्रोइड अटो र ब्लुटुथ फोन कनेक्टिभिटी आदि ।
टाटा पन्च ईभी
टाटा पन्च ईभी पूर्ण विद्युतीय प्लेटफर्ममा बनेको एसयूभी कार हो । टाटाका लागि नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले पन्च ईभी नेपाल भित्र्याएको हाे ।
- मूल्यः ३३ लाख ९९ हजार रुपैयाँ (इम्पावर्ड प्लस एस एमआर) । ३६ लाख ९९ हजार रुपैयाँ (इम्पावर्ड एलआई) । ३८ लाख ९९ हजार रुपैयाँ (इम्पावर्ड प्लस एलआर)
- प्रकारः एसयूभी
- ब्याट्रीः २५ किलोवाट (मिड रेन्ज) । ३५ किलोवाट (लङरेन्ज)
- चार्जिङ समय (एसी): साढे नौ घण्टा (लङ रेन्ज ) । साढे १३ घण्टा (मिड रेन्ज)
- रेन्जः ३१५ किलोमिटर (मिड रेन्ज) । ४२१ किलोमिटर (लङ रेन्ज)
- मोटरः ६० किलोवाट पर्मानेन्ट म्याग्नेट सिङ्क्रोनाइज मोटर (सस्तो भर्सन) । ९० किलोवाट (लङ रेन्ज)
- ग्राउन्ड क्लियरेन्सः १९० एमएम
- बुट स्पेसः ३६६ लिटर
- अन्य फिचरः भ्वाइस असिस्टेड इलेक्ट्रिक सनरुफ, चार्जिङ पोर्ट, ३६० डिग्री एचडी क्यामेरा , स्पिड कन्ट्रोल सिस्टम, मल्टी इन्फरमेसन डिस्प्ले, स्मार्ट डिजिटल ह्विल स्टेरिङ, एलईडी प्रोजेक्टर हेडल्याम्प र स्मार्टवाचबाटै कन्ट्रोल गर्न सकिने वायरलेस एन्ड्रोइड एन्ड एप्पल कारप्ले सिस्टम आदि ।
केई एक्स-३ प्रो
नेपाली बजारमा केई मोटर्सको इलेक्ट्रिक एसयूभी ‘एक्स-३ प्रो’ केई मोटर्सको आधिकारिक वितरक लक्ष्मी ई-मोबिलिटी प्रालिले नेपाल भित्र्याएको हो ।
- भेरियन्टः डिलक्स र फ्ल्यागशिप
- मूल्यः ४३ लाख ९६ हजार रुपैयाँ (डिलक्स) । ४८ लाख ९६ हजार रुपैयाँ (फ्ल्यागशिप)
- ब्याट्रीः ५३.६ किलोवाट (लिथियम आयन फस्फेट)
- चार्जिङ समय (एसी): आठ घण्टा
- रेन्जः ३७० किलोमिटर (डब्लूएलटीपी)
- मोटरः १२० किलोवाट
- ग्राउन्ड क्लियरेन्सः १८३ एमएम
- ह्विलबेसः २६३२ एमएम
- अन्य फिचरः फ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी लिंक इन्डिपेन्डेन्ट सस्पेन्सनफ्रन्टमा म्याकफर्सन इन्डिपेन्डेन्ट सस्पेन्सन र रियरमा मल्टी–लिंक इन्डिपेन्डेन्ट सस्पेन्सन आदि ।
आयोन वाई ईभी
नेपाली बजारमा चिनियाँ ईभी ब्राण्ड ‘आयोन’ जीएसी मोटर्सको यस ब्राण्डलाई चौधरी ग्रुपले नेपाली बजारमा ल्याएको हो । यसै अनुरूप आयोन वाई ईभी पनि नेपाली बजारमा आएको हो ।
- मूल्यः ५८ लाख ५० हजार रुपैयाँ
- प्रकारः एसयूभी
- ब्याट्रीः ६१.५४ किलोवाट आवर (लिथियम फोस्फेट)
- चार्जिङ समय (एसी): ९ घण्टा
- रेन्जः ५०० किलोमिटर
- मोटरः १०० किलोवाट
- ग्राउन्ड क्लियरेन्सः १८३ एमएम
- ह्विलबेसः २७५० एमएम
- बुट स्पेसः ४०५ लिटर
- अन्य फिचरः पानोरोमिक सनरुफ, १४.६ इन्चकाे टच स्क्रिन डिस्प्ले, ३६० एचडी भ्यु क्यामेरा सिस्टम, एडभान्स ड्राइभर-असिस्टेन्स सिस्टम (एडीएएस) लगायतका फिचर ।
सिट्रोन ईसीथ्री शाइन
नेपाली बजारमा फ्रान्सेली ब्रान्ड सिट्रोनको यो मोडेल कम्पनीको आधिकारिक वितरक साङ्ग्रिला मोटर्स प्रालिले भित्र्याएको हो ।
- मूल्यः ३५ लाख ९९ हजार रुपैयाँ
- प्रकारः एसयूभी
- ब्याट्रीः २९.२ किलोवाट आवर (लिथियम आयन)
- चार्जिङ समयः साढे १० घण्टा (एसी चार्जर)
- रेन्जः ३२० किलोमिटर
- मोटरः ४२.५ किलोवाट इलेक्ट्रिक मोटर
- बुट स्पेसः ३१५ लिटर
- कलर अप्सनः पोलार ह्वाइट, प्लाटिनम ग्रे र स्टिल ग्रे
- अन्य फिचरः स्किड प्लेट, रियर क्यामेरा, रियर वाइपर, रियर डिफ्रोस्टर, लेदर र्याप्ड स्टेरिङ ह्विल, एलोय ह्विल, इलेक्ट्रिकल ओआरभीएम लगायत ।
महिन्द्रा एक्सयूभी ४०० ईएल
चर्चित ब्रान्ड महिन्द्राको यो विद्युतीय गाडी अग्नि मोटर्सले नेपाल भित्र्याएको हो ।
- मूल्यः ५२ लाख ५० हजार रुपैयाँ
- प्रकारः एसयूभी
- ब्याट्रीः ३४.५ किलोवाट
- चार्जिङ समयः १२ घण्टा
- रेन्जः ३७५ किलोमिटर (एनआईडीसी)
- मोटरः ११० किलोवाट
- ग्राउन्ड क्लियरेन्सः १९० एमएङ्ग
- ह्विलबेसः २६०० एमएम
- बुट स्पेसः ३७८ लिटर
- कलर अप्सनः एभरेस्ट ह्वाइट,नेपोली ब्ल्याक, ग्यालेक्सी ग्रे,आर्कटिक ब्लु
- अन्य फिचरः वायरलेस एन्ड्रोइड अटो, वायरलेस एप्पल कार प्ले, वायरलेस चार्जर, शार्क फिन एन्टेना, क्रुज कन्ट्रोल, अटो डिमिङ आईआरभीएम, फ्रन्ट फग ल्याम्प, मल्टिपल इन्टेलिजेन्ट ड्राइभ मोड, सिङ्गल पेडल ड्राइभ, ईएसपी, टीपीएमएस, डीएटीसी, रियर एसी भेन्ट, रियर यूएसबी, ओपन चार्ज प्वाइन्ट इन्टरफेस हब इन्टिग्रेसन आदि ।
बीएमडब्लू आई एक्स वन ईड्राइभ २०
लक्जरी ब्रान्ड बीएमडब्लूको नेपालस्थित आधिकारिक आयातकर्ता एवं डिलर लक्ष्मी प्रिमियम मोटर्सले बीएमडब्लू आई एक्स वन ( BMW iX1) अन्तर्गतकाे भेरियन्ट बीएमडब्लू आई एक्स वन ईड्राइभ २० ( BMW iX1 eDrive20) नेपाल भित्र्याएको हो ।
- मूल्यः १ करोड ४९ लाख ९६ हजार रुपैयाँ
- प्रकारः एसयूभी
- ब्याट्रीः ६४.७८ किलोवाट
- चार्जिङ समयः ६ घण्टा (एसी चार्जर)
- रेन्जः ४७५ किमि
- मोटरः १५० किलोवाट
- ग्राउन्ड क्लियरेन्सः १७० एमएम
- ह्विलबेसः २६९२ एमएम
- बुट स्पेसः ४९० लिटर
- अन्य फिचरः उच्च दक्षताको इलेक्ट्रिक ड्राइभ, अत्याधुनिक चार्जिङ प्रविधि, एन्टी लक ब्रेकिङ सिस्टम, क्रयाश सेन्सर, अटोमेटिक हेडलाइड कन्ट्रोल, ४ ड्राइभिङ मोड, अटोमेटिक एयर कन्डिसनिङ, १०.५ इन्चको इन्फर्मेसन डिस्प्ले, १०.७ इन्चको कन्ट्रोल डिस्प्ले आदि।
स्काइवेल ईटी फाइभ
नेपालमा स्काइवेलको प्रिमियम ईभी ईटी फाइभ जी मोटर्स प्रालिले भित्र्याएको हो ।
- मूल्यः १ करोड ९ लाख
- प्रकारः एसयूभी
- ब्याट्रीः ८६ किलोवाट आवर (लिथियम टर्नोटरी)
- चार्जिङ समयः ९ घण्टा (एसी)
- रेन्जः ६२० किलोमिटर
- मोटरः १५० किलोवाट
- ग्राउन्ड क्लियरेन्सः १९७ एमएम
- बुट स्पेसः ४६७ लिटर
- कलर अप्सनः कालो, निलो, ग्रे, सेतो
- अन्य फिचरः इन्टेलिजेन्ट स्टाइलिङ, इन्टेलिजेन्ट इन्जोइमेन्ट, इन्टेलिजेन्ट कनेक्टिभिटी, इन्टेलिजेन्ट ड्राइभिङ, इन्टेलिजेन्ट सेक्युरिटी, इन्टेलिजेन्ट इलेक्ट्रोनिक आदि ।
क्रेटा ईभी
हुन्डाईको बहुप्रतिक्षित क्रेटा ईभी हुन्डाईको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नेपाल भित्र्याएको हो ।
- भेरियन्टः क्रेटा ईभी स्मार्ट
- प्रकारः एसयूभी
- मूल्य: ५४ लाख ९६ हजार रुपैयाँ
- ब्याट्रीः ४२ किलोवाट
- चार्जिङ समयः चार घण्टा (एसी)
- रेन्जः ३९० किलोमिटर
- मोटरः ९९ किलोवाट
- ड्राइभिङ मोडः इको, नर्मल र स्पोर्टस
- ग्राउन्ड क्लियरेन्सः २०० एमएम
- अन्य फिचरः ६ ओटा एयरब्याग, एबीएस, हिल डिसेन्ट कन्ट्रोल, लेन चेन्ज इन्डिकेटर, रियर डिफगर, अटो होल्ड र फ्रन्ट क्यामेरा, फ्रन्ट राडार तथा रियर राडार सहितको एडीएएस, दुवै फ्रन्ट सिटको पछाडिपट्टि फोल्ड गर्न मिल्ने ट्रे, अटोमेटिक क्लाइमेट कन्ट्रोल, ग्लोभबक्स आदि ।
रिड्डारा आरडी सिक्स
नेपालमा पूर्ण विद्युतीय पिकअप ट्रक ‘रिड्डारा आरडी सिक्स’ सीजी मोटर्सले भित्र्याएको हो ।
- मूल्यः सनरुफ बिना ७९ लाख ९९ हजार रुपैयाँ । सनरुफ सहित ८१ लाख ९९ हजार रुपैयाँ । डुअल सनरुफ ८२ लाख ९९ हजार रुपैयाँ ।
- ब्याट्रीः ६३/८६ किलोवाट
- चार्जिङ समयः ८ घण्टा (एसी)
- रेन्जः ४२४ किमि
- ग्राउन्ड क्लियरेन्सः २२१ एमएम
- ह्विलबेसः ३१२० एमएम
- अन्य फिचरः ५४० डिग्री सराउन्डिङ भ्यु क्यामेरा, १४.६ इन्चको टचस्क्रिन डिस्प्ले, भ्वाइस कमान्ड सपोर्ट गर्ने स्टेरिङ ह्विल आदि ।
प्रोटोन ई मास सेभेन
नेपालमा प्रोटोनको पहिलो विद्युतीय गाडी ‘प्रोटोन ई.मास ७’ (Proton e.MAS7) जगदम्बा मोटर्सले भित्र्याएको हो ।
- भेरियन्टः प्राइम र प्रिमियम
- मूल्यः प्राइम मोडेलका लागि ५६ लाख ९९ हजार रुपैयाँ । प्रिमियम मोडेलका लागि ६७ लाख ९९ हजार रुपैयाँ ।
- ब्याट्रीः ४९.५२ किलोवाट (प्राइम) । ६०.२२ किलोवाट (प्रिमियम) ।
- चार्जिङ समयः ७ घण्टा (प्राइम) । ८.५ घण्टा (प्रिमियम)
- रेन्जः ३४५ (प्राइम) । ४१० किलोमिटर (प्रिमियम) ।
- मोटरः १६० किलोवाट
- ग्राउन्ड क्लियरेन्सः १७३ एमएम
- कलर अप्सनः प्लाटिनम सिल्भर, टर्क्वाइज ग्रीन, स्लेट ग्रे, क्वार्ट्ज रोज, मोयु ब्ल्याक र लिथियम ह्वाइट
- अन्य फिचरः ग्लोबल मोडुलर आर्किटेक्चर (जीएमए) प्लेटफर्म, १२-इन-१ इन्टेलिजेन्ट इलेक्ट्रिक प्रोपल्सन सिस्टम, सेल-टु-बडी (सीटीबी) ब्याट्री आर्किटेक्चर र एजीएस सर्ट-ब्लेड ब्याट्री प्रविधि, भेन्टिलेटेड सिट, स्टोरेज कम्पार्टमेन्ट, १६ करसहितको साउन्ड वेभ सिस्टम, २५६-कलर एम्बियन्ट लाइटिङ, १५.४ इन्चको टचस्क्रिन डिस्प्ले आदि ।
एमजी एस फाइभ
नेपाली बजारमा ‘एमजी एस फाइभ’ पारामाउन्ट मोटर्सले भित्र्याएको हो ।
- भेरियन्टः कम्फर्ट र डिलक्स
- मूल्यः ४३ लाख ९९ हजार (कम्फर्ट) । ५४ लाख ९९ हजार (डिलक्स) ।
- प्रकारः एसयूभी
- ब्याट्रीः ४९ किलोवाट आवर (कम्फर्ट) । ६२ किलोवाट आवर (डिलक्स)
- चार्जिङ समयः ८ घण्टा (एसी चार्जर)
- रेन्जः ३४० किमि (कम्फर्ट) । ४३० किलोमिटर ( कम्फर्ट)
- मोटरः ९९ किलोवाट
- ग्राउन्ड क्लियरेन्सः १८० एमएम
- ह्विलबेसः २७३० एमएम
- बुट स्पेसः ४५३ लिटर
- अन्य फिचरः रियर-ह्विल ड्राइभ सिस्टम, फाइभ-लिङ्क सस्पेन्सन, १२.८ इन्चको सेन्ट्रल टचस्क्रिन र १०.२५ इन्चको डिजिटल क्लस्टर डिस्प्ले, वाई-फाई, युट्युब, स्पोटिफाइ, टिकटक जस्ता इन-बिल्ट एप्स, ४५३ लिटर बुट स्पेस र अत्याधुनिक स्टेरिङ ह्विल आदि ।
लिपमोटर टी ०३
साङ्ग्रिला मोटर्स प्रालिले नेपाली बजारमा लिपमोटर टी०३ भित्र्याएको हो ।
- मूल्यः २८ लाख ९९ हजार
- ब्याट्रीः ३७.३ किलोवाट
- चार्जिङ समयः ३६ मिनेटमा ३० प्रतिशतबाट ८० प्रतिशत (डीसी)
- रेन्जः २६५ किमि (डब्लूएलटीपी ) । ३९५ किमि (अर्बन साइकल)
- मोटरः ७० किलोवाट (पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस)
- ग्राउन्ड क्लियरेन्सः १६० एमएम
- ह्विलबेसः २४०० एमएम
- बुट स्पेसः २१० लिटर
- कलर अप्सनः कालो, सेतो, निलो र रातो
- अन्य फिचरः इलेक्ट्रोनिक ह्यान्ड ब्रेक, अटो एअर कन्डिसनिङ, सिन्थेटिक लेदर स्टेरिङ ह्विल, ब्लुटुथ कि, पानारोमिक सनरुफ, ८ इन्च इन्स्टुमेन्ट क्ल्सटर, एप कन्ट्रोल आदि ।
एलईभी ०१
चीनको अटो पार्ट्स उत्पादक साङ्घाई लन्चको सहायक कम्पनी एलएस अटोले नेपाली बजारमा ‘एलएस एलईभी ०१’ (LEV 01) भित्र्याएको हो ।
- भेरियन्टः स्ट्यान्डर्ड र कम्फर्ट
- प्रकारः एसयूभी
- मूल्यः स्ट्यान्डर्ड एडिसन (एसई)को मूल्य ६१ लाख ९५ हजार रुपैयाँ । कम्फर्ट एडिसन (सीई)को मूल्य ६९ लाख ९५ हजार रुपैयाँ ।
- ब्याट्रीः ६७.१२ किलोवाट (स्ट्यान्डर्ड) । ९९ किलोवाट (कम्फर्ट) । लिथियम आयन फस्फेट
- चार्जिङ समयः साढे ८ घण्टा (एसी)
- रेन्जः ५०० किमि
- मोटरः ९९ किलोवाट
- ग्राउन्ड क्लियरेन्सः २१० एमएम
- ह्विलबेसः २७६० एमएम
- बुट स्पेसः ४५० लिटर
- अन्य फिचरः एरोडाइनामिक डिजाइन, होरिजेन्टल डीआरएल, भर्टिकल हेडलाइट सेटअप, लेदरेट स्टेरिङ ह्विल तथा सिट कभर, ३६० डिग्री क्यामेरा, वायरलेस चार्जिङ प्याड, मल्टी-कलर एम्बियन्ट लाइट, इलेक्ट्रिक एड्जस्टेबल फ्रन्ट सिट, लग्जरी क्याबिन स्पेस, हाइटेक ड्यासबोर्ड इन्टरफेस, एलसीडी इन्स्ट्रुमेन्टल क्लस्टर, पानोरोमिक सनरुफ, इलेक्ट्रिक टेलगेट, मल्टी ड्राइभ मोड आदि ।
टाटा कर्भ ईभी
सिप्रदी ट्रेडिङ प्रालिले टाटा कर्भ ईभी नेपाली बजारमा भित्र्याएको हो ।
- मूल्यः ५६ लाख ९९ हजार
- ब्याट्रीः ५५ किलोवाट आवर
- चार्जिङ समयः १० देखि ८०% चार्ज गर्न ४० मिनेट (डीसी)
- रेन्जः ४०० देखि ४२५
- मोटरः ९८ किलोवाटको मोटर
- ग्राउन्ड क्लियरेन्सः १८६ एमएम
- ह्विलबेसः २५६० एमएम
- बुट स्पेसः ५०० लिटर
- अन्य फिचरः ३१.२४ सेन्टिमिटरको सिनेम्याटिक टचस्क्रिन एन्फोटेन्मेन्ट सिस्टम र २६.०३ सेन्टिमिटरको डिजिटल ककपिट, लेक्ट्रोनिक स्टेबिलिटी प्रोग्राम (ईएसपी), इन्टेलिजेन्ट भ्याकुम-लेस बुस्ट र एक्टिभ कन्ट्रोल (आई-भीबीएसी) सेफ्टी फिचर, होल्ड असिस्ट आदि ।
दीपल ई-०७
एमएडब्लू वृद्धिले ‘ई-०७’ मोडेलको लक्जरी ईभी नेपाली बजारमा भित्र्याएको हो ।
- भेरियन्टः प्लस र एडब्लूडी
- मूल्यः प्लस भेरियन्टको मूल्य ९९ लाख ९९ हजार । एडब्लूडी भेरियन्टको एक करोड ९९ लाख ९९ हजार रुपैयाँ ।
- ब्याट्रीः ८९.९८ किलोवाट
- चार्जिङ समयः साढे १२ घण्टा
- रेन्जः प्लस भेरियन्टले एक पटकको चार्जमा ६४० किमि । एडब्लूडीले ५९० किमि एनईडीसी रेन्ज
- मोटरः प्लस भेरियन्टमा २५२ किलोवाट । एडब्लूडी भेरियन्टमा ४४० किलोवाट ।
- ग्राउन्ड क्लियरेन्सः १८३ एमएम
- ह्विलबेसः ३,१२० एमएम
- कलर अप्सनः हेमटाइट ग्रे, क्वार्ज ह्वाइट र अब्सिडियन ब्ल्याक
- अन्य फिचरः एलईडी हेडलाइट्स, इलेक्ट्रिक हिडन डोर ह्यान्डल, इलेक्ट्रिकल्ली एड्जस्टेबल र फोल्डेबल साइड मिरर र रेन सेन्सर, १८ अल्ट्रासोनिक सेन्सर, पारदर्शी चेसिसको साथ वरिपरि देखाउने क्यामेरा, र चालकको थकान निगरानी प्रणाली, १५.४ इन्चको टचस्क्रिन डिस्प्ले, अनलाइन इन्टरटेनमेन्ट, नेभिगेसन, स्मार्टफोन कनेक्सन, ५० वाटको वायरलेस चार्जर, हेड-अप डिस्प्ले, भ्वाइस कन्ट्रोल, ओभर द एयर अपडेट, एनएफसी कार्ड की, डिजिटल की र रिमोट कन्ट्रोल, अटो पार्किङ असिस्ट, रिमोट पार्किङ असिस्ट, एडप्टिभ क्रुज कन्ट्रोल, लेन किपिङ असिस्ट ।
आयन भी
सीजी मोटर्सले जीएसी ब्रान्डको आयन भी (Aion V) मोडेल नेपाली बजारमा भित्र्याएको हो ।
- भेरियन्टः एलिट र लक्जरी
- मूल्यः एलिट भेरियन्टको ६४ लाख ९९ हजार । लक्जरी भेरियन्टको ६९ लाख ९९ हजार ।
- ब्याट्रीः एलिट भेरियन्टले ६२.७ किलोवाट । लक्जरी भेरियन्टले ७५.३ किलोवाट ।
- चार्जिङ समयः १० घण्टा
- रेन्जः ५२० किलोमिटर (एलिट भेरियन्ट) । ६५० किलोमिटर (लक्जरी भेरियन्ट)
- मोटरः १०० किलोवाट
- ग्राउन्ड क्लियरेन्सः १७५ एमएम
- ह्विलबेसः २७७५ एमएम
- बुट स्पेसः ४२७ लिटर
- अन्य फिचरः अत्याधुनिक प्रविधि, उच्च सुरक्षा मापदण्ड र वातावरणमैत्री डिजाइन १५ ओटा स्मार्ट ड्राइभिङ फङ्सन, ७ एयरब्याग २४ सै घण्टा रोड साइड असिस्टेन्स,
दीपल एस०७ एल
- मूल्यः ८४ लाख ९९ हजार रुपैयाँ
- ब्याट्रीः ७९.९ किलोवाट आवरको ब्याट्री प्याक
- चार्जिङ समयः ५ मिनेटमै ३० देखि ८० प्रतिशतसम्म
- रेन्ज: ४८५ किलोमिटर (डब्लूएलटीपी )
- ग्राउन्ड क्लियरेन्सः १७५ एमएम
- ह्विलबेसः २९०० एमएम
- बुट स्पेसः १२५ लिटर
- कलर अप्सनः लुनार ग्रे, नेबुला ग्रिन, कोमेट ह्वाइट, इक्लिप्स ब्ल्याक, कस्मिक एल्लो, सनसेट ओरेन्ज
- अन्य फिचरः पड्रागान ८१५५ चिपजडित १५.६ इन्चको सनफ्लावर टचस्क्रिनm अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, ह्यान्ड फ्रि अपरेसनका लागि जेस्चर कन्ट्रोल, वेलकम सिट, एन्डभान्स्ड् सेफ्टी ड्राइभिङ, एडप्टिभ क्रुज कन्ट्रोल, एक्टिभ इमर्जेन्सी ब्रेकिङ, ब्लाइन्ड स्पट मनिटरिङ, ट्रान्सपरेन्ट च्यासिस सहितको ३६० डिग्री पानोरामिक क्यामेरा आदि ।
जीएसई
सौर्य अटोमोबाइल्सले जिआङ्सी जियाङलिङ ग्रुप इलेक्ट्रिक भेहिकल कम्पनी लिमिटेड (जेएमईभी) को प्रिमियम गाडी जीएसई (GSE) भित्र्याएको हो ।
- मूल्यः ५३ लाख ९९ हजार रुपैयाँ
- प्रकारः सेडान
- ब्याट्रीः ४९ किलोवाट
- चार्जिङ समयः ३० मिनेटमा ८० प्रतिशत
- रेन्जः ४२० किलोमिटर
- मोटरः ९९ किलोवाट
- ग्राउन्ड क्लियरेन्सः १७० एमएम
- ह्विलबेसः २७५० एमएम
- बुट स्पेसः ४१० लिटर
बीवाईडी एम सिक्स
बीवाईडीको नेपालस्थित आधिकारिक वितरक साइमेक्स इंकले मल्टिपर्पोज भेहिकल एम-सिक्स नेपाल भित्र्याएको हो ।
- भेरियन्टः सुपेरियर मोडल र स्ट्यान्डर्ड मोडल
- मूल्यः ५८ लाख ९० हजार रुपैयाँ
- ब्याट्रीः ५५.४ किलोवाट आवर । ७१.८ किलोवाट आवर । चार्जिङ समयः
- रेन्जः ५५.४ किलोवाट आवर ब्याट्री क्षमताको एम-सिक्सले ४२० किलोमिटर । ७१.८ किलोवाट आवर ब्याट्री क्षमताको एम-सिक्सले ५३० किलोमिटर ।
- मोटरः १२० किलोवाट
- ग्राउन्ड क्लियरेन्सः १७५ एमएम
- ह्विलबेसः २८०० एमएम
- बुट स्पेसः १८० लिटर
- कलर अप्सनः डेमोन डोमेन ब्ल्याक, इन्कस्टोन ब्लु, क्रिस्टल ह्वाइट र हार्वर ग्रे
- अन्य फिचरः पर्याप्त लेग र हेडरूम १२.८ इन्चको रोटेसनल इन्फोटेनमेन्ट स्क्रिन, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, मल्टिजोन क्लाइमेट कन्ट्रोल, एम्बियेन्ट लाइटिङ र पानोरामिक सनरुफ आदि ।
पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १६:२६
सामाग्री श्रोत :
टेक पाना