सुर्खेत–वीरेन्द्रनगरमा फोर्स गाडीको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि यरिचोक तनावग्रस्त बनेको छ।

मृतकका आफन्तहरुले उचित क्षतिपुर्ति र गाडी चालकलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र वीर विश्वकर्माका अनुसार आइतबार बिहान कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको गाडीको ठक्करबाट टाउकोमा चोट लागी गम्भीर घाइते भएका जुम्लाको हिमा गाउँपालिकाका ५५ वर्षीय कालीबहादुर बुढाको उपचारको क्रममा मृत्यु भएको हो।
आइतबार सामान्य आन्दोलन गरेका मृतक परिवारले सोमबार यरिचोकमा सडक बन्द नै गरेर प्रदर्शन गरिरहेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ