२०८२ बैशाख २८ आईतवार
२०८२ बैशाख २८ आईतवार

भेरी अस्पतालबाट मिर्गौला प्रत्यारोपण सुरु हुँदै,  भरतपुर र नारायणीमा क्याथ  ल्याब 

काठमाडौं-  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख महिनामा संघीय अस्पतालमा सुरु गर्न लागिएका सेवाहरूको सूची सार्वजनिक गरेको छ। जुन सूचीमा नेपालगन्जस्थित भेरी अस्पतालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने समेत उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार वैशाख महिनाको दोस्रो हप्ता चितवनस्थित भरतपुर अस्पतालले वैशाख चौथो साता क्याथ ल्याब सेवा सुरु गर्नेछ। यसैगरी, जलन वार्ड, सिमुल्टेशन ल्याब, इनफर्टिलिटी क्लिनिक, ल्याक्टेसन म्यानेजमेन्ट युनिट र क्याडाभर ल्याब सेवा थप गर्दैछ।वीर अस्पतालले सर्जिकल आइसीयूमा शैय्या थप गर्नेछ । भक्तपुर क्यान्सर अस्पतालले पीआईसीयू तथा पेडियाट्रिक वार्ड वैशाखमै सुरु गर्नेछ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले इमर्जेन्सी वार्डमा २० शैय्या थप गर्ने तयारी छ। यसैगरी नारायणी अस्पताल वीरगञ्जले वैशाखको अन्त्यसम्ममा क्याथ ल्याब आरम्भ गर्नेछ जानकारी दिइएको छ ।धनगढीको गेटा अस्पतालले मोड्युलर ओटी, आकस्मिक वार्ड तथा अक्सिजन प्लान्ट सेवा सञ्चालन गर्दैछ।  जीपी कोइराला राष्ट्रिय श्वास-प्रश्वास केन्द्र तनहुँले हेमोडायलासिस सेवा सुरु गर्ने मन्त्रालयले जनाएको छ। 
सामाग्री श्रोत :
swasthyakhabar

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट