२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

‘एकैछिन फोन गर्नुछ’ भन्दै मोबाइल लुटेर भाग्ने गिरोह राजधानीमा सक्रिय, समातिए ३ जना

काठमाडौँ । पछिल्लो समय राजधानीमा कल गर्ने बहानामा मोबाइल लुटेर भाग्ने गिरोह सक्रिय रहेको पाइएको छ । प्रहरीले विभिन्न व्यक्ति तथा ट्याक्सी चालकहरूको मोबाइल लुट्ने कार्यमा संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेकाे हो ।

प्रहरीका अनुसार यही ५ वैशाखको दिन राति ०३:४५ बजेको समयमा बसुन्धारामा मोटर साइकलमा आएका २ जना व्यक्तिले ट्याक्सी रोके । बा. २ ज. ३४५८ नम्बरको उक्त टयाक्सीका चालक थिए, चितवन घर भएका प्रेम तामाङ ।

“ठमेलमा सामान लिन जाने” भनि भन्दै फोन गर्नका लागि तामाङको मोबाइल लिएर उनीहरू भागे । मोबाइल लुटिएको निवेदन आएपछि प्रहरीले थालेको प्रारम्भिक अनुसन्धानले उक्त घटनामा शिखरजंङ थापा भन्ने नवराज सुनुवार लगायतका व्यक्ति संलग्न रहेको पाइएको हो ।

१८ वर्षीय शिखरजंङ सिन्धुली, सुनकोशी १ घर भई हाल काठमाडौँ, जडिबुटी बस्दै आएको बताइएको छ । उनी सहितसहित धनुषा, तारापटी सिर्सिया ६ घर भई बुङ्गमती १० बस्ने १८ वर्षकै राजनिस्ट यादव र रौतहट, गरुका २ घर भई कपन बस्ने २७ वर्षीय सुरेश ठाकुर हजामलाई मोबाइल लुटपाटमा संलग्न रहेको आरोपमा प्रहरीले पक्रेको हो ।

काठमाडौँ जिल्ला अदालतबाट दिन ५ दिनको म्याद थप अनुमति प्राप्त गरी लुटपाट गरिएका मोबाइलसहित नियन्त्रणमा लिइएका उनीहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनीहरूको साथबाट एक मोटरसाइकल र ३ थान मोबाइल सहितका सरसामान समेत नियन्त्रणमा लिइएको छ ।  

अनुसन्धानको क्रममा उनीहरूले २७ चैतका दिन बुलुकी ६ बजेको समयमा धुम्बाराही पिपलबोटबाट अर्का ट्याक्सी चालक कुलबहादुर राउतको मोबाइल समेत लुटेको पाइएको उल्लेख छ । यस्तै १९ चैत राति ८ बजे सोही स्थानबाट ट्याक्सी चालक राजकुमार तामाङको मोबाइल लुटपाटमा पनि सोही समूह संलग्न रहेको बताइएको छ ।

त्यसैगरी १९ चैतकै दिन राति ९:३० बजे साप्रेढुङ्गाबाट ट्याक्सी चालक राजेशबहादुर बीसीको मोबाइल लुटिएको अनि २३ चैत साँझ ५:४० बजे ओम हस्पिटलको नजिकबाट दुर्गा शाक्यको मोबाइल लुटिएको थियो । उक्त लुटपाटमा समेत उनीहरूकै संलग्नता रहेको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख ८, २०८२ १३:३६





सामाग्री श्रोत :
टेक पाना

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट