काठमाडौं–आज पनि शिक्षक आन्दोलन बिहानैदेखि शुरु भएको छ।

दिउँसो राप्रपाले प्रदर्शन गर्ने सूचना पाएपछि अकस्मात् आज पनि आन्दोलनको कार्यक्रम बिहानै गर्नुपरेको शिक्षक नेताहरूले बताएका हुन्।
पर्याप्त पूर्वसूचनाको अभावबीच कार्यालय समयमै शिक्षकहरू सडकमा उत्रिएपछि ट्राफिक व्यवस्थापन जटिल बनेको छ।
माइतीघर-नयाँ बानेश्वर सडक खण्ड बन्द भएको छ।

वैकल्पिक रुटका रूपमा नयाँ बानेश्वरबाट थापागाउँ हुँदै हनुमानस्थानको रुट तय गरिएको उपत्यका ट्राफिक प्रहरी कन्ट्रोलले जनाएको छ।
उक्त सडक अवरुद्ध हुँदा कार्यालय जाने कर्मचारीसहित स्कुल, कलेजका विद्यार्थीलाई आवतजावत गर्न कठिन भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ