काठमाडौं । लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी ई-मोबिलिटीले चिनियाँ ब्रान्ड डोङफेङको एसयूभी फर्थिङ फ्राइडे नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले फर्थिङका दुई मोडेल नेपाल भित्र्याउने छ, जसमा लक्जरी र एक्सक्लुसिभ भेरियन्ट रहेका छन् ।

हाल यी गाडीहरू आन्तरिक परीक्षणका लागि नेपाल भित्रिइसकेका छन् । कम्पनीका अनुसार यसै साता आवश्यक परीक्षण सकाएर गाडी सार्वजनिक गरिनेछ । गाडी सार्वजनिक भएसँगै बुकिङ खुलाइने कम्पनीले जनाएको छ ।
सार्वजनिक हुने तयारीमा रहेको फर्थिङ फ्राइडेमा ९९ किलोवाटको मोटर र ६४.४ किलोवाटको लिथियम आयन फस्फेट ब्याट्री दिइएको छ । गाडीलाई एसी चार्जरबाट चार्ज गर्दा फुल चार्ज हुन १५ घण्टा लाग्नेछ ।
गाडीले ४०० किलोमिटरको रेन्ज दिने बताइएको छ । यसमा अटोमेटिक पार्किङ, ३६० डिग्री पानारोमिक क्यामेरा, सिट भेन्टिलेसन, सिट हिटिङ, सिट मसाजिङजस्ता सुविधा छन् । गाडीको ह्विलबेस २७१५ एमएम रहेको छ ।

कम्पनीले लक्जरी भेरियन्टको मूल्य ५६ लाख ९६ हजार रुपैयाँ र एक्सक्लुसिभ भेरियन्टको मूल्य ६२ लाख ९६ हजार रुपैयाँ निर्धारण गरेको छ ।
पछिल्लो अध्यावधिक: बैशाख ७, २०८२ १५:५३
सामाग्री श्रोत :
टेक पाना