२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

रिहा भएपछि राजेन्दै लिङदेनले भने- आन्दोलन जारी छ

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले आफूहरुको आन्दोलन जारी रहने बताएका छन्।

सिंहदरबारमा प्रदर्शन गर्ने क्रममा पक्राउ परेको उनीसहितका नेताहरु करिब ४ घण्टापछि रिहा भएर सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन्।

‘हाम्रो आजको आन्दोलन सफल भयो। आज सहयोग गर्नेलाई धन्यवाद’, उनले भने, ‘तर जे को लागि भएको हो त्यो भने पूरा भएको छैन। त्यसका लागि हामी नयाँ कार्यक्रमहरु सार्वजनिक गर्दै जानेछौं।’

Ncell 2
Ncell 2

उनले गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनका क्रममा पक्राउ परेका पार्टीका नेताहरु रिहा नभएसम्म पार्टीले निरन्तर आन्दोलन गर्ने बताए। 

त्यस्तै, पार्टी प्रवक्ता ज्ञानेन्द्र शाहीले यो सुरुवात मात्र भएको टिप्पणी गरे।

shivam cement
shivam cement

आइतबार सिंहदरबारभित्र सांकेतिक रुपमा प्रदर्शन गरेपछि प्रहरीले अध्यक्ष लिङदेनसहत नेता बुद्धिमान तामाङ, प्रवक्ता ज्ञानबहादुर शाही लगायत सात जनालाई पक्राउ गरेको थियो।

भोलि के गर्नुहुन्छ भन्ने जिज्ञासामा अध्यक्ष लिङदेनले भोलिको कुरा भोलि नै भन्ने बताए। 

उनले भने,‘रिहाइ नभएसम्म निरन्तर यस प्रकारको आन्दोलनमा रहन्छौँ हामी। भोलिको कुरा भोलि नै भन्छौँ।’ 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट