मकवानपुर–मकवानपुर प्रहरीले ५ किलो ९४० ग्राम अफिमसहित एक जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार बिहान हेटौंडा–१९, नेवारपानीबाट लागुऔषध अफिमसहित चितवन राप्ती नगरपालिका–११ का २५ वर्षीय बाबुराम तामाङलाई नियन्त्रणमा लिएको हो।
इलाका प्रहरी कार्यालय नेवारपानी मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१९, नेवारपानीस्थित पूर्व–पश्चिम लोकमार्ग सडकखण्डमा चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०३–००१ ख २८८७ नम्बरको यात्रुबाहक बसमा सवार तामाङलाई अफिमसहित नियन्त्रणमा लिएको थियो।
तामाङले बोकेको झोलाभित्र लुकाएर राखेको अवस्थामा तीनवटा प्याकेटमा ५ किलो ९४० ग्राम अफिम फेला परेको थियो।

उनलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम प्रवक्ता श्यामु अर्यालले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ