२०८२ बैशाख ८ सोमबार
२०८२ बैशाख ८ सोमबार

आन्दोलनका कारण सर्वसाधारणलाई सास्ती , सवारी चालकलाई वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह

काठमाडौँ–नेपाल शिक्षक महासङ्घ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को प्रदर्शनका कारण काठमाडौँ उपत्यकामा सहज ढङ्गले सवारीसाधन सञ्चालन नहुँदा सर्वसाधारणलाई सास्ती भएको छ। 
    
माइतीघरदेखि नयाँबानेश्वरसम्म प्रदर्शनका कारण ट्राफिक व्यवस्थापन गर्न ट्राफिक प्रहरीलाई कठिन भएको छ। प्रहरीले आवश्यकताअनुसार ‘रुट’ परिवर्तन गरी सवारीसाधनलाई वैकल्पिक मार्गबाट गन्तव्यतर्फ पठाएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता दीपक गिरीले जानकारी दिए।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार माइतीघरबाट बबरमहल हुँदै नयाँ बानेश्वरसम्मको सडकखण्डमा चल्ने सवारी साधनलाई यतिबेला विभिन्न स्थानबाट डाईभर्सन गरिएको छ। साना तथा दुई पाङ्ग्रे सवारी साधनलाई नयाँ बानेश्वरबाट डाईभर्सन गरिएको छ। 

Ncell 2
Ncell 2

यस्तै नयाँ बानेश्वरतर्फ जाने सवारी साधनलाई भने माईतिघरबाट डाईभर्सन गरिएको छ। राप्रपाको कार्यक्रमलाई मध्यनजर गर्दै भाडाका सवारी साधनलाई तीनकुने, रणोदिप र कृष्णपाउरोटीबाट डाइभर्सन गरिएको छ। 

shivam cement
shivam cement

डाइभर्सनका कारण माइतीघर, सिंहदरबार दक्षिणगेट, अनामनगर, हनुमानथान, थापागाँउ हुदै चल्ने सवारी साधन क्युमा चलिरहेका छन्। 

यसबाहेक पिक आवरमा बढेका सवारी साधनका कारण काठमाडौँ उपत्यका स्थित कोटेश्वर, गौशाला, चावहिल, सोह्रखुट्टे लैनचौर, रणोदिप, कृष्णपाउरोटी, पुतलीसडक, त्रिपुरेश्वर, थापाथली र  कुपण्डोल हुँदै चल्ने सवारी साधन यतिबेला ट्राफिक व्यवस्थापनका क्रममा केही समय रोकिनुपर्ने अवस्था रहेको जनाइएको छ। बिहान नै शिक्षकहरुको प्रदर्शनका कारण समेत यातायात प्रभावित भएको ट्राफिक प्रहरीको भनाइ छ। 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट