काठमाडौँ – नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ८९ हजार ८०० र चाँदीको मूल्य १ हजार ९६० रुपैयाँ कायम भएकोमा आइतबार पनि सोही मूल्यमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

यस अघि सुनको मूल्य बढेको १ लाख ९० हजार माथि पुगेको थियो । सुन शुक्रबार प्रतितोला आठ सय रूपैयाँ घटेको थियाे ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।
सामाग्री श्रोत :
नेपाललाइभ
