२०८२ बैशाख ८ सोमबार
LATEST NEWS
२०८२ बैशाख ८ सोमबार

एनएमबि बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमायो

काठमाडौं। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एनएमबि बैंकले गत आवको यसै अवधिको तुलनामा ५.८८ प्रतिशतले नाफा कमाएको छ । बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमाएको हो ।

गत आवको यसै अवधिको तुलनामा ५.८८ प्रतिशतले बढेको हो । गत आवको यसै अवधिमा बैंकले २ अर्ब २४ करोड रुपैयाँ नाफा कमाएको थियो ।
यसअवधिमा बैंकको खुद ब्याज आम्दानी १९.१६ प्रतिशत र सञ्चालन आम्दानी १०.६६ प्रतिशतले बढेको छ । यस अवधिमा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ३१ करोड रुपैयाँ रहेको छ ।

यता, बैंकको खराब कर्जा भने बढेको छ । खराब कर्जा २.८६ प्रतिशतबाट ४.४७ प्रतिशत पुगेको छ । १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ चुक्ता पुँजी रहेको यस बैंकको जगेडा कोषमा ११ अर्ब ८९ करोड रुपैयाँ सञ्चित छ ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि सामान्य बढेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी ९६ पैसाले बढेर १७ रुपैयाँ २३ पैसा पुगेको छ । बैंकको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ८८ पैसा छ ।

 


सामाग्री श्रोत :

एनएमबि बैंकले २ अर्ब ३७ करोड खुद नाफा कमायो

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट