२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

आईपीएलमा राजस्थान माथि लखनउको नाटकीय जित

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा लखनउ सुपर जायन्ट्सले राजस्थान रोयल्सलाई २ रनले हराएको छ । रोमाञ्चक खेलमा राजस्थान अन्तिम ओभरमा ९ रन जोड्न नसकेपछि पराजित भयो ।

१८१ रनको लक्ष्य पछ्याएको राजस्थान ५ विकेटको क्षतिमा १७८ रनमा समेटिएको हो । अन्तिम ओभरमा शानदार बलिङ गर्दै अभेस खानले आफ्नो टोलीलाई जित दिलाएका हुन् ।

३ ओभर बाँकी रहँदा राजस्थानका लागि जित हात पार्न २५ रन आवश्यक थियो । साथै ७ विकेट सुरक्षित थियो । सो ओभरमा खानले ५ रन दिएर दुई विकेट लिए । उनले ओभरको पहिलो बलमा यशस्वी जयसवाललाई ७४ रनमा आउट गरे भने चार बलपछि रियान परागलाई आउट गरे । जयसवालले ५२ बलको सामना गर्दै चार चौका र चार छक्का सहित ७४ रन प्रहार गरे ।

Ncell 2
Ncell 2

खानले अन्तिम ओभरमा ६ रन दिएर एक विकेट लिए । यसअघिका दुई ओभरमा महँगा साबित भएका खानले ४ ओभरमा ३७ रन खर्चेर तीन विकेट लिएका हुन् । उनी सो खेलका प्लेयर अफ द म्याच घोषित भए ।

यो सनसनीपूर्ण जितपछि लखनउ १० अङ्क सहित चौथो स्थानमा उक्लेको छ । राजस्थान भने लगातार चौथो हार सहित चार अंक लिएर आठौँ स्थानमा छ ।

shivam cement
shivam cement

आईपीएलमा पहिलो खेल खेलिरहेका १४ वर्षीय वैभव सूर्यवंशीले २० बलमा ३४ रन जोडे । जयसवाल र सूर्य वंशीले पहिलो विकेटका लागि ८५ रनको साझेदारी गरेका थिए । राजस्थानका लागि कप्तान रियान परागले २६ बलमा ३९ रन जोडे ।

यस अघि टस जितेर पहिले ब्याटिङ गरेको लखनउले ५ विकेटको क्षतिमा १८० रन जोडेको हो । लखनउका लागि आइडन म्याक्रमले ४५ बलमा ६६ तथा आयुष बडानीले ३४ बलमा ५० रनको योगदान गरे । अब्दुल समादले अविजित रहँदै १० बलमा ३० रन प्रहार गरेका थिए । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट