२०८३ कार्तिक १६ आईतवार
LATEST NEWS
२०८३ कार्तिक १६ आईतवार

 जेठ १५ गते गणतन्त्र अन्त्य हुन्छ : जगमान गुरुङ

काठमाडौं – राजतन्त्र पुनस्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका संयोजक जगमान गुरुङले आगामी जेठ १५ गते गणतन्त्र अन्त्य हुने दाबी गरेका छन्।

शनिबार काठमाडौंमा आयोजित पृथ्वी पथको आवश्यकता विषयक अन्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।

‘हाम्रो मान्यता के छ भने, कुनै मान्छे मर्न पर्‍यो उसको जन्म महिना, बार, कहिले छ त्यहिले मर्छ भन्छ। यो गणतन्त्रको घोषणा कहिले भयो, जेठको १५ गते होइन ? गणतन्त्र दिवस मनाउँछन् नि। यसको अन्त्य पनि ०८२ साल जेठको १५ गते हुन्छ,’ उनले भने।

Ncell 2
Ncell 2

उनले छिमेकी राष्ट्र भारतमा पनि नेपालमा हिन्दु राज्य र राजतन्त्र फर्कियो भनेर चर्चा भइरहेको उल्लेख पनि गरेका हुन्।

‘९९ प्रतिशत मिडियाले नेपालमा राजतन्त्र आयो भनिरहेका छन्। पूर्व सेनाध्यक्षको अन्तर्वार्ता छ्यापछ्याप्ती आएको छ,’ गुरुङले भने, ‘असम्भव छैन।’

shivam cement
shivam cement

भारतमा अहिले पनि पूर्वराजा ज्ञानेन्द्र शाहको मुद्रदा पूजाकोठामा राखेर यन्त्रको रुपमा पूजापाठ हुने गरेको उनले सुनाएका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट