२०८२ बैशाख १९ शुक्रबार
२०८२ बैशाख १९ शुक्रबार

रुसी राष्ट्रपति पुटिनद्वारा ईस्टरमा युद्धविरामको घोषणा

काठमाडौं– युक्रेनसँग जारी युद्धकै बीच रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले ईस्टरमा युद्धविरामको घोषणा गरेका छन् । 

उनले युद्धविरामको अवधिमा युक्रेनमा सबै सैन्य कारबाही रोक्ने आदेश दिएका छन् । साथै युक्रेनले पनि सोही अनुसार कदम चाल्ने अपेक्षासमेत व्यक्त गरेका छन् ।

Ncell 2
Ncell 2

अनलाइनमा शेयर गरिएको भिडियोमा पुटिनले भनेका छन्, ‘उक्साउने स्थिति या युद्धविरामको उल्लंघन हुन्छ भने रुसी सैनिक जवाफी कारबाहीका लागि तयार छ ।’

shivam cement
shivam cement

रुसी रक्षा मन्त्रालयले एक बयान जारी गर्दै रुसले नेपाली समय अनुसार शनिबार साँझ पौने ९ बजेदेखि आइतबार आधी रातसम्म सैन्य अभियान रोक्ने बताइएको छ । 

मन्त्रालयले सबै सैन्य कारबाही रोक्ने आदेश दिएको बताएको छ । 

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?