२०८२ बैशाख ७ आईतवार
२०८२ बैशाख ७ आईतवार

राप्रपाको आन्दोलनका कारण शिक्षकहरूको भोलिको प्रदर्शन बिहानलाई सारियो

काठमाडौँ –शिक्षक महासंघले भोलि (आइतबार) गर्ने प्रदर्शनको समय सारेको छ।

राजावादीहरूले प्रदर्शन गर्ने भएपछि शिक्षकहरूले आफ्नो प्रदर्शनको समय सारेका छन्। हरेक दिन बिहान ११ बजेदेखि प्रदर्शन गर्दै आएका शिक्षकहरूले भोलि बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्मका लागि तय गरेका हुन् ।

Ncell 2
Ncell 2

नेपाल शिक्षक महासंघका महासचिव तुला बहादुर थापाले भोलिको राप्रपाले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै बिहानका लागि सारिएको बताए । 

shivam cement
shivam cement

‘भोलिको परिस्थितिलाई मध्यनजर गरेर समय परिवर्तन गरेका छौं,थापाले भने, ‘९ देखि १२ सम्म आन्दोलन गर्छौं । हाम्रो आन्दोलन शान्तिपूर्ण हुन्छ ।’

महासंघले आवश्यक परेको खण्डमा भोलिको आन्दोलन अझै छाेट्याउन सकिने मनसाय बनाएको छ। 
´उनीहरूको (राजावादी) आन्दोलन हिंसात्मक भएर हाम्रो प्रदर्शन घुसपैठ भयो भने अहिलेसम्मका उपलब्धि समेत गुम्न सक्ने खतरा हुन्छ। त्यसैले आवश्यक परेको खण्डमा प्रदर्शन अझै छाेट्याउन सकिन्छ,` महासचिव थापाले भने।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।


सामाग्री श्रोत :
नेपाललाइभ

छुटाउनुभयो कि ?

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।

ताजा अपडेट